ढकालको हत्याप्रति महासंघद्वारा भत्सर्ना

ढकालको हत्याप्रति महासंघद्वारा भत्सर्ना


नेपाल पत्रकार महासंघले मकवानपुरबाट प्रसारण हुने रेडियो अनमोलमा आबद्ध सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको घटनाप्रति भत्र्सना गरेको छ ।

महासंघका महासचिव रमेश विष्टले आइतबार विज्ञप्ति जारी गरी ढकालको हत्याको समाचारले महासंघ स्तब्ध भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘महासंघ हत्याको भत्सर्ना गर्दछ र घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गर्दछ । साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।’

सञ्चारकर्मी ढकाललाई हेटाँैडा–१ भैरवडाँडा जाने सडकमा मृत्यु भएको अवस्थामा पुस २५ गते साँझ फेला पारिएको थियो ।