पहरामा ठोक्किएर पड्किएको बन्दुकले लियो लिम्बुको ज्यान

पहरामा ठोक्किएर पड्किएको बन्दुकले लियो लिम्बुको ज्यान


घटना ताप्लेजुङको हो । शिकार खेल्न सँगै गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ ।

शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक पड्किएर फक्ताङलुङ गाउँपालिका–४ इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्दुकको छर्रा लागेर लिम्बूको घटनास्थलमै ज्यान गएको हो ।

शिकार खेल्न सँगै निस्किएका सुरेन्द्र तामाङले लोड गरेर बोकेको बन्दुक हातबाट झरेर पहरामा ठोक्किँदा पड्किएर छर्राले लाग्दा लिम्बूको मृत्यु भएको प्रहरीको भनाई छ । शिकारी तामाङलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान शुरु गरिएको छ ।