स्नुकरमा पदकविजेता सोम र अमन सम्मानित

स्नुकरमा पदकविजेता सोम र अमन सम्मानित


नेपाल बिलियर्ड, स्नुकर तथा पुल संघले आफ्ना पदकविजेता दुई खेलाडीलाई बिहीबार सम्मान गरेको छ । भारतमा भएको पाँचौँ विनर खुला स्नुकर प्रतियोगिताका स्वर्णविजेता सोम लामा र रजत जितेका अमन कार्कीलाई सम्मान गरिएको हो ।

न्यु फ्रेन्ड्स क्लब भुटिया नाम्चेको आयोजनामा जनवरी ५ देखि ९ तारिखसम्म भएको प्रतियोगितामा ६४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । संघका अध्यक्ष एवं स्नुकर पूर्वच्याम्पियन सरोजकुमार मुल्मी, स्नुकर संघकै पूर्वअध्यक्ष श्यामकृष्ण चित्रकारलगायतले उनीहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन् ।