आइएमईले भित्र्यायो १४ खर्ब रेमिट्यान्स, २५ मुलकमा शाखा

आइएमईले भित्र्यायो १४ खर्ब रेमिट्यान्स, २५ मुलकमा शाखा


रेमिट्यान्स सेवा कम्पनी आइएमईले १४ खर्ब रेमिट्यान्स भित्र्याएको छ । रेमिट्यान्स सेवा प्रदायक संस्था इन्टरनेसनल मनी एक्सप्रेस (आइएमई) ले १७ वर्षको कारोबारमा १४ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्र्याएको हो ।

सन् २००१ देखि स्थापना भई २०१९ सम्ममा १४ खर्ब रुपैयाँको रेमिट्यान्स नेपाल भत्र्याउन आइएमई सफल भएको हो । आइएमईले पछिल्लो समय दक्षिण कोरिया र छिमेकी देशबाट बढी रेमिट्यान्स भित्र्याएको जनाएको छ ।

९० प्रतिशत अनौपचारिक क्षेत्रबाट रकम भित्रिने दक्षिण कोरियाबाट समेत धेरै रकम आइएमईबाट आउन थाले पछि आइएमईको रेमिट्यान्स थप बृद्धि भएको हो । सन् २००१ मा मलेसियाबाट रेमिट्यान्स भित्र्याउन सुरु गरेको आइएमईले अहिले २५ बढी मुलुकबाट रेमिट्यान्स पठाउन मिल्ने गरी आफ्ना शाखा विस्तार गरेको छ ।