त्रिभुवन माविका लागि अर्थ संकलन

त्रिभुवन माविका लागि अर्थ संकलन


  • रमेश विश्वकर्मा, गुल्मी

जिल्लाको एक माध्यमिक विद्यालयले आर्थिक संकलनलाई तीव्रता दिएको छ । मुसिकोट नगरपालिका वडा नं. २ स्थित नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयलाई विभिन्न व्यक्तिबाट आर्थिक संकलन भएको छ ।

प्राविधिक कृषि शिक्षा सञ्चानार्थको लागि यही माघ २१ देखि २९ गतेसम्म विद्यालयले मुसिकोट शैक्षिक तथा धार्मिक हिरक महोत्सवबाट श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञ सञ्चालन गर्न लागेको हो ।

विद्यालयले हालसम्म २२ लाख चन्दा बोलरकम संकलन गरेको विद्यालयका प्रधानाध्यापक तेजबहादुर महतले जानकारी दिए ।

हिजो बुधवार विद्यालयमा बसेको एक भेलाबाट ४ लाख २६ हजार ७ सय ७० रुपैयाँ र हालसम्म जम्मा भएको २२ लाख नगद तथा बोल रकम गरी उक्त सहयोग भएको विद्यालयका प्रधानाध्यापक महतले जानकारी दिए ।

२०ंं१४ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १ देखि १० सम्मका कक्षाहरु सञ्चालन भएको छ ।