राष्ट्रिय तेक्वान्दोका सचिव राईमाथि सांघातिक हमला

राष्ट्रिय तेक्वान्दोका सचिव राईमाथि सांघातिक हमला


राष्ट्रिय तेक्वान्दो संघ नेपालका सचिव तथा चर्चित मार्शल आर्टस प्रशिक्षक राकेशकुमार राईमाथि आक्रमणकारी लुटेरा गोपाल दयाल (सर्लाही) ले सांघातिक हमला गर्दा उनी सामान्य घाइते भएका छन् । आक्रमणकारी दयालको चक्कु खोस्दा राईको हातमा सामान्य चोट लागेको छ । राईमाथि माघ २ गते लगनखेलको पाटन अस्पतालनजिकै दयालले हमला हमला गरेका हुन् ।

माघ २ गते काम विशेषले लगनखेल पुगेका राई पाटन अस्पतालनजिकै रहेको इन्भेष्टमेन्ट बैंकको एटीएमबाट रकम निकाल्ने क्रममा उनीमाथि आक्रमण भएको थियो । राईमाथि ७ बजेर ५० मिनेटमा एटीएमभित्रै पसेर गोपाल दयालले चक्कुद्वारा आक्रमण गरेको राईले जानकारी गराएका छन् ।

पैसा लुट्ने उद्देश्यले दयालले चक्कुद्वारा आक्रमण गरे पनि राई दयाललाई नियन्त्रणमा लिन सफल भएका थिए । त्यसपछि उनले आक्रमणकारीलाई लगनखेल महानगरीय प्रहरी परिसरमा बुझाएका थिए । अहिले आक्रमणकारी दयाल प्रहरी हिरासतमा रहेका छन् ।