रत्नजित र नवीनको जोडीलाई उपाधि

रत्नजित र नवीनको जोडीलाई उपाधि


नेपाली सेनाका रत्नजित तामाङ र नवीन श्रेष्ठको जोडीले दुर्गादेवी दुलाल सुन्दरहरैँचा अन्तर्राष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष जोडीतर्फको उपाधि जितेका छन् । तामाङ र श्रेष्ठको जोडीले एपीएफका दिपेश धामी र विजित थापामगरको जोडीलाई २१–१८, २५–२३ को जित निकाल्दै ट्रफी उचालेका हुन् ।

विजयी खेलाडीहरूले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता टोलीले नगद ५० हजारसहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै तेस्रो स्थान प्राप्त गर्नेले १५ हजारसहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

अन्य खेलहरूमा मिक्स युगल, पुरुष एकल र मास्टर्स जोडीतर्फको प्रतियोगिता मंगलबार नै सम्पन्न भएका थिए । मिक्स युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले नगद ५० हजार, २५ हजार र १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । पुरुष एकलतर्फ विजयी शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गरे । मास्टर्सतर्फ शीर्ष तीनका खेलाडीले क्रमशः ३५ हजार, १५ हजार र ७ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट, सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष भोलेश्वर दुलाललगायतले पुरस्कार वितरण गरेका थिए ।