सोतोकान कराते टोली भारत जाने

सोतोकान कराते टोली भारत जाने


२७औँ ओपन इन्टरनेसनल ‘सोतो कप’मा सहभागी हुन २१ खेलाडीसहित २५ सदस्यीय नेपाली सोतोकान कराते टोली माघ ३ गते बिहीबार भारतको कोलकाता प्रस्थान गरेको छ ।

माघ ५ र ६ गते हुने प्रतियोगितामा सुशान्त कुमाल, सुनील सेन्चुरी, अडोल्फ अलेक्जेन्डरजंग सापकोटा, मनोज घलान, रोमन तामाङ, समीर लामा, शुलभ थापा, सविन्द्र शाही, दीपेश राई, प्रनिश श्रेष्ठ, श्रवण यादव, इशान बाँस्कोटा, विकास तामाङ, सुनिता मगर, आशा तामाङ, सोनु तामाङ, रोजिना डंगोल, सुस्मिता कालाखेती, अस्मिता मोक्तान, सिर्जना केसी र रितिका पौडेलले प्रतिस्पर्धा गर्नेछन् ।

उक्त प्रतियोगितामा श्याम शेर्पा, विनोद सापकोटा, सुशान्त मोदक र सुरज श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।