आजको पञ्चाङ्ग एवम् राशिफल (१ माघ २०७५ मंगलबार, १५ जनवरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (१ माघ २०७५ मंगलबार, १५ जनवरी २०१९)


  • जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्री सूर्योतरायणे श्रीशाके १९४० शिशिर ऋतु नेपाल सं. ११३९ वि.सं. २०७५ माघ १ गते मंगलबार, तद्अनुसार सन् २०१९ जनवरी १५ तारिख पौष शुक्लपक्ष नवमी तिथि अश्विनी नक्षत्र ९ः४६ पर भरणी नक्षत्र साध्य योग बालब करण ७ः४६ पर तैतिल करण आनन्दादिमा अमृत योग चन्द्रमा मेष राशिमा काठमाडौंमा सूर्योदय बिहान ६ः५८ मा र सूर्यास्त साँझ १७ः२९मा हुनेछ । उत्तरायणारम्भ, माघसंक्रान्ति, घ्यौ स्चाकूस्संन्हु, माघीपर्व, थारु, मगर, छन्त्यालादिको राष्ट्रियपर्व, देवघाटमा मकरस्नानारम्भ, शङ्खमूल–हटौँडा–बराहक्षेत्र–झापाको कन्काइलगायत सर्वत्र त्रिवेणीको संगममा मकरस्नानको मेला, रुरु क्षेत्रे त्रिदिवसीय मेला, तेह्रथुममा गौखुरी मेला । शुभ योग अभिजित– ११ः ५२ देखि १२ः३४ राहु काल– १४ः५२ देखि १६ः११ दिशा शूल– उत्तर ।

राशिफल :

मेष राशि – दिन आर्थिक, बौद्धिक, रचनात्मक तथा शारीरिक उन्नतिदायक कार्यमा सफलता दिने खालको रहनेछ । मान पुरस्कारप्राप्तिको अवसर आउन सक्छ । सुख शान्ति पनि वृद्धि होला । चोटपटक लाग्न सक्ने र स्वास्थ्य कमजोर हुन सक्ने सम्भावनामा कमी आउनुको साथै शुभता बढ्ला । हरेक प्रकारको जोखिममा सफलता मिल्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । हासविलासमा आकर्षण बढ्नेछ ।

बृष राशि – दिन शुभ र भाग्यवर्द्धक रहला । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । साझेदारीसम्बन्धी काम बन्नेछ । सुख–सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कार प्राप्ति हुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

मिथुन राशि – अन्न धन बढ्नुको साथै दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । आयमा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ।

कर्कट राशि – कर्मयोगी रहनुहुनेछ । यश वर्चश्व वृद्धि होला । सुख–समृद्धि बढ्ला । उन्नति–पदोन्नति हुनेछ । बढी मिहीनेतले कार्य बन्नेछ । इष्टमित्र, सन्तान आदिसित सम्बन्धित अनुकूलता वृद्धि होला । भागदौड लागिरहनेछ । विवाद आदिमा नपर्दा बेस रहला । अरुको भर नपरी आफ्नै बलविवेकले काम गर्नु उचित हुनेछ । सुख आनन्द वृद्धि हुनेछ ।

सिंह राशि – यात्रा होला । धन यश मान पद प्रतिष्ठा बढ्नेछ । सुख शान्ति पनि मिल्नेछ । देखिएको समस्या समाधान हुनेछ । प्रेममा सफल हुनुहुनेछ । भाग्योदय हुनेछ । धर्मकर्ममा आकर्षण बढ्ला । यात्रामा सफलता मिल्नेछ । ख्याति फैलिनेछ ।

कन्या राशि – भागदौड लागिरहला । शुभ र भाग्यवर्द्धक काममा बिघ्नबाधा नहोस् भनेर ध्यान राख्नुपर्ला । यात्रामा सफलता प्राप्त होला । धनसम्पति ऐश्वर्य बढ्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । सबै प्रकारले अनुकूलता वृद्धि हुनेछ तथापि जोखिमपूर्ण कार्यमा सचेत नै रहनुपर्नेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्ला ।

तुला राशि – ग्रहगोचर शुभ फलदायक रहला । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु उचित रहनेछ । आर्थिक प्रगति होला र मनमा सन्तुष्टि पनि मिल्नेछ । मान–सम्मानमा निरन्तर वृद्धि भैरहनेछ । मिठो भोजन खान पाउनुहुनेछ । भोगविलासमा आकर्षण बढ्नेछ । साझेदारीको काम पनि बन्नेछ ।

वृश्चिक राशि – समय अनुकूल तथा फलदायक रहला । आरोग्यता बढ्ला । आफन्तबाट सहयोग मिल्नेछ । आर्थिक पक्ष पनि बलियो बन्नेछ । लगानी वृद्धि हुनेछ ।

धनु राशि – आयस्रोत वृद्धि हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी उठाउन चाहेमा सफल रहनुहुनेछ । साहसिक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ । सुख–समृद्धि बढ्नेछ । मिहिनेतयुक्त काममा रूचि वृद्धि होला । प्रेममा सफलता र सन्तान सुखको लागि राम्रो रहला ।

मकर राशि – स्वास्थ्यमा सुधार होला । कार्यमा सफलता मिल्नेछ । राजकीय कार्य बन्ला । उन्नति पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री मिल्नेछ । खर्च र विवादप्रति सचेत रहनु राम्रो रहनेछ । यस समयमा कुनै पनि प्रकारको कार्यमा सफलता मिल्नेछ । अरुको भर नपरी आफ्नै बलविवेकले कार्य गर्नु हितकर रहनेछ ।

कुम्भ राशि – प्रयासरत काम बन्नेछ । देखापरेको समस्याको समाधान मिल्नेछ । मान प्रशंसा बढ्नेछ । शुभ समाचार प्राप्त होला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्ला । आरोग्यता वृद्धि होला । यात्रापरक काममा सफलता प्राप्त हुनेछ । धर्म कर्ममा भाग लिनुहुनेछ ।

मीन राशि – धन यश मान पद प्रतिष्ठा बढ्ला । मनोकूलको काम बन्नेछ । गौरव बढ्ला । सुख शान्तिमा बढोत्तरी होला । रसरागमा रुचि बढ्नेछ । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । सुखको वस्तुको लागि धन खर्च गर्नुुनेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ ।