सांस्कृतिक छात्रवृत्ति र विद्वता





  • स्वयम्भूनाथ कार्की

दक्षिण एसिया क्षेत्रीय सहयोग सङ्गठन, सर्वोच्च शिखर धारण गरेको गौरव होस् वा शान्तिदूत भगवान् बुद्धको जन्मथलो, नेपालसँग गौरव गर्न धेरै कुराहरू थिए । तीमध्ये कतिकुरा प्रकृतिप्रदत्त थिए भने नेपालीले आफ्नो बल, बुद्धि तथा वर्गतले कमाएको साखको सूची पनि कम थिएन । आफ्नो साम्राज्यमा कहिल्यै सूर्यास्त नहुने दम्म गर्ने बेलायतले पनि अधीनस्थ गर्न नसकेको केही एसियाली देशमध्ये नेपाल पनि थियो । पुर्खाहरूले पराधीनताले प्राप्त हुने भौतिक लाभभन्दा अभावको नै भए पनि स्वाधीनता नै रोजे । फलतः जब बेलायतले भारत छोडेर गयो आफ्नो सुविधाको निमित्त बनाएको भौतिक पूर्वाधार न लैजान सक्यो न भत्कायो नै । त्यसबाहेक अनेक परम्परा र रीतिरिवाजको जग पनि बसाएर गयो ।

हिमवत् खण्डमा नेपालले आफ्नो अलग अस्तित्व र परिचय कायम राख्दा यसको डाहा पनि धेरैलाई भयो नै होला । सांस्कृतिक छात्रवृत्ति दूतावासले बाँड्ने र त्यसलाई आफूले नेपालमा स्थापना गर्न चाहेको व्यक्तिको सिफारिसमा दिने दीर्घकालीन चालले नेपालमा एक अलग्गै किसिमको शिक्षित वर्ग जन्मायो । कर्मकाण्डी र पण्डितहरू त बनारसबाट पढेर आउँदा सङ्कल्पमा हिमवतखण्डे भन्नको साटो भरतखण्डे र नेपाल देशे भन्नको साटो भारतवर्षे भनेर भन्दछन् । पुरोहितले पढेको श्लोक सर्वसाधारण सबैले बुझ्न नखोज्ने हुँदा यसको त्यति खास नेपाली भावनामा नकारात्मक असर परेको पाइन्न, तर सांस्कृतिक छात्रवृत्तिअन्तर्गत विदेशको लगानीमा पढेर आएका श्क्षिितले नै नेपालका बालबालिकालाई शिक्षा दिँदा नेपालको गौरवलाई भन्दा आफूलाई शिक्षा दिने मुलुकको महानता बोध गराउने गर्दछन् ।

आफ्नो जन्मभूमिलाई भन्दा अर्कालाई नै मान दिने, आफ्नो परम्परालाई भन्दा आयातीत परम्परालाई अपनाउने यो सांस्कृतिक अतिक्रमण कुनै विवाह समारोहमा प्रत्यक्ष देख्न पाइन्छ । बालन वा सिलोक हाल्ने कोही छैनन्, तर जुत्ता लुकाउने आयातीत संस्कृति अनिवार्य बनेको छ ।

चेतनाको स्तरमा भएको यो अतिक्रमणले बिस्तारै नयाँ पिँढीले पुर्खाको कामलाई हीन देख्ने र विदेशलाई उच्च ठान्ने बानी विकास गर्दै लग्यो । नेपाली भाषाको विरोध गर्ने, तर मजदुरी गर्न जान विदेशी भाषा सिक्न पर्याप्त समय र पैसा ऋण लिएर भए पनि खर्च गर्ने चलन नेपालमा सर्वत्र व्याप्त छ । आफूलाई सांस्कृतिक छात्रवृत्तिको सिफारिस गर्नेको केही भए पनि गुण तिर्ने सदीक्षाले उनीहरूको गुण गाउने र लोलो मिलाउने कार्य भएको पनि प्रस्ट देख्न पाइन्छ । आफ्नो जन्मभूमिलाई भन्दा अर्कालाई नै मान दिने, आफ्नो परम्परालाई भन्दा आयातीत परम्परालाई अपनाउने यो सांस्कृतिक अतिक्रमण कुनै विवाह समारोहमा प्रत्यक्ष देख्न पाइन्छ । बालन वा सिलोक हाल्ने कोही छैनन्, तर जुत्ता लुकाउने आयातीत संस्कृति अनिवार्य बनेको छ ।

‘देशी’ भन्ने शब्दले भारतीय र ‘विदेशी’ भन्ने शब्दले भारतीयभन्दा बाहेकका देश भन्ने जनाउँछ । यो नै शिक्षाको शुरुवातमा पाठशालामा पढाउन ल्याएका शिक्षकहरूले दिएको ज्ञान हो । न त बनारसबाट शिक्षित पण्डित पुजारीले यो कुरा तोड्न सके न सांस्कृतिक छात्रवृत्तिद्वारा शिक्षितले तोड्न चाहे । विवश भएर आफ्नो देशमाथि गौरव गर्नेहरूले स्वदेशी भन्ने शब्द चलाए जसको अर्थ भने नेपाली हुन्छ । शिक्षामा नेपाली पाठ्यपुस्तकको अभावको बहानामा शिक्षामा अतिक्रमण नहोस् भनेर जुर्मुराउने आदरणीयजनहरू अभैm हुनुहुन्छ । आज न उहाँहरूको त्यो मिहिनेतको अर्थ नै रहेको छ न चिन्न नै खोजिएको छ । बरु नेपालमा नेपाली भाषामा पनि कहीँ शिक्षा हुन्छ भनेर उहाँहरूलाई हियाउने काम भने भएको छ । सम्भवतः यसैले होला वा थाकेर हो नेपालको संस्कृति, परम्परा इत्यादिमा भएको नाङ्गो अतिक्रमणको मौन तमासे भएर रहनुभएको छ ।

नेपालीले नेपालको गौरव पुनर्स्थापना गर्ने हो भने अब प्रत्येक नेपाली विद्वान्हरूको व्याख्यान सुन्दा यो राष्ट्रगौरव मर्दन गर्ने छ–छैन त्यो विचार पुऱ्याइनुपर्छ । यदि राष्ट्रगौरव मर्दन गर्ने किसिमको लागेमा उहाँले कसरी शिक्षा प्राप्त गर्नुभएको थियो त्यो खोतल्न आवश्यक छ । कुनै नेता वा प्रणालीको वकालत गर्नेहरूको शिक्षादीक्षाको स्थान र अवस्था खोज्न अति जरुरी छ । यसमा उहाँहरूको कुनै दोष छैन, शिक्षादीक्षा दिने बेलैमा नजानिँदो प्रकारले यो भावना उहाँहरूमा घुसाइएको छ । अब नेपालीले चिकित्सक भएर सांस्कृतिक छात्रवृत्तिको नाममा विचारमा मिसाइएका यस्ता देशद्रोहका विषको उपचार गर्नुपर्छ । यस्तो विष सबैमा हुँदैन र मात्रा पनि एकनास हुँदैन । तसर्थ, सांस्कृतिक छात्रवृत्तिमा ज्ञान आर्जन गर्ने सबैमा विष छ नै भन्ने भने होइन । यस्ता विष बहुसङ्ख्यकमा पस्न पाएको छैन, थोरैमा मात्र छ । यही कारण हो कि नेपाल भन्ने मुलुकको अस्तित्व र वर्चश्व कायम छ ।

प्रतिक्रिया