शनिबार बैंकका शाखा कार्यालय खुला गर्न निर्देशन

शनिबार बैंकका शाखा कार्यालय खुला गर्न निर्देशन


नेपाल राष्ट्र बैंकले शनिबार बिदाको दिनसमेत शाखा कार्यालय सञ्चालन ल्याउन निर्देशन दिएको छ । राजश्व जम्मा हुने बैंक तथा वित्तीय संस्थालाई संस्थाको शाखा तथा काउण्टर खुला राख्न निर्देशन दिएको हो ।

बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलका अनुसार शनिबार राजश्व बुझ्ने प्रयोजनाका लागि बैंक तथा वित्तीय संस्थाका शाखा तथा काउण्टर पूरै समय खुला राखी नियमितरुपमा राजश्व बुझ्न आग्रह गरिएको हो । अर्थ मन्त्रालयलको आग्रहअनुसार वाणिज्य बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिइएको हो । चालू आर्थिक वर्षको छ महीनाको राजश्व तिर्नका लागि पुस मसान्तसम्मको समायावधि रहन्छ ।

यस्तै राजश्व दाखिलाका चेक क्लियरिङ गर्ने प्रयोजनका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडलाई समेत सदाजस्तै खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।