२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२ सय रुपैयाँले बढ्यो सुनको मूल्य


बुधबार नेपाली बजारमा सुन चाँदीको भाउ बढेको छ ।

अन्तराष्ट्रिय बजारमा सुन चाँदीको भाउमा बृद्धि हुँदा नेपालमा पनि मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार फाइन गुणस्तरको सुन प्रतितोला २ सय रुपैयाँले बढेर ६० हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन प्रति तोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भयो । चाँदी भने प्रति तोला ५ रुपैयाँले घटेर ७ सय ६० रुपैयाँमा कारोबार भएको छ ।