सांसद रेशमले संसदका कुनै सुविधा नपाउने

सांसद रेशमले संसदका कुनै सुविधा नपाउने


सभामुख कृष्णबहादुर महराले कैलालीको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीले संसदमा कुनै पनि कार्यमा संलग्न हुन नपाउने बताएका छन् ।

सभामुख महराले गत वर्ष निर्वाचित भए पनि यही पुस १९ गते मात्र पद तथा गोपनीयताको शपथ लिएका चौधरीले सांसदका रूपमा कुनै पनि सेवासुविधा नपाउने बुधबार संसदलाई जानकारी गराएका हुन् ।

चौधरी भदौ ०७२ मा भएको एक बालकसहित सात सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका मुख्य योजनाकार मानिन्छन् । यही आरोपमा हाल उनी थुनामा रहेका छन् । उनलाई शपथ गराउन डिल्लीबजार कारागारबाट ल्याइएको थियो र शपथपछि उनलाई पुनः कारागारमै पठाइएको छ ।