सभामुखप्रति भत्सर्ना

सभामुखप्रति भत्सर्ना


नेपाली काङ्ग्रेस संसदीय दलको मंगलबार (पुस २४) बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महराको व्यापक आलोचना भएको छ ।

गत आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले बोलिसकेपछि प्रश्न गर्न पाउने सांसदको अधिकारलाई कुण्ठित गरेको र विपक्षी सांसदहरूलाई बोल्नसम्म नदिएकाोले काङ्ग्रेस संसदीय दलमा ओली र महराको चर्को आलोचना भएको हो । बैठकले सभामुख महराको भत्सर्ना गर्ने निर्णय लिएको छ ।

तीन दिनदेखि स्थगित संसदको बैठक २५ गते बुधबारका लागि निर्धारण गरिएको छ । बैठकमा काङ्ग्रेस आक्रामक रूपमा प्रस्तुत हुने भएको छ ।