तपाईंको यो साता (पुष २५-०१ माघ, २०७५ं)

तपाईंको यो साता (पुष २५-०१ माघ, २०७५ं)


मेष
समाजसेवामा मन लाग्नेछ । विशिष्ठ व्यक्तिको साथ पाइनेछ । कुनै कारणवश रोकिएको कामले पनि गति लिनेछ । नयाँ काम सुरु गर्ने समय आएको छ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । जोश जाँगर र उमंग बढ्ला । आर्थिक कारोवारमा सफलता पाइएला । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ्ग रातो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधनागरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

वृष
उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । सोमवारबाट अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । मनमा दुविधा उत्पन्न हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ्ग सेतो वा कालो हो । कुनै शुभकर्म गर्नु अघि गणेशजीको आरधनागरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मिथुन
आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । कसैले केही भनिहाले पनि तुरुन्तै प्रतिवाद नगर्ने र नरिसाउने व्यवहारले सम्भावित विवाद टार्नसक्छ । साताको अन्त्यबाट हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । यो साताका लागि शुभअङ्क ३, ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शनगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट
शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । कतै घुमघाम गर्न जाने अवसर मिल्नसक्छ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । परिवारमा मांगलिक कार्य सम्पन्न गर्ने तिथि तय हुन सक्छ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ्ग खौरो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

सिंह
विद्या र बुद्धिको विकास हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । साताको अन्त्यमा राजनिति तथा समाजसेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुँनेछ । यो साताका लागि शुभअङ्क १, २ र शुभरङ्ग रातो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

कन्या
रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिकरसांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । रोकिएका काम सुरु गर्ने वातावरण बन्नेछ । सामाजिक कार्यमा महत्वपूर्ण उपलब्धी हासिल हुनेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ्ग पहेंलो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला
ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । शरीरमा आलस्य उत्पन्न भै दैनिक कार्य ओझेलमा पर्न सक्छ । साताको अन्त्यबाट विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ्ग घ्यूरङ्ग वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको ध्यानगरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

वृश्चिक
रचनात्मक काममा जुट्ने समय छ । मित्र सहयोग मिल्नुका साथै यात्राको अवसर पनि मिल्नेछ । कुनै महत्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । तार्किक क्षमता बढ्ने तथा परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिने छ । साताको अन्त्यमा अरूको वचन टाल्न नसक्दा दुःख पाइने र धन खर्च पनि हुनेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ्ग सेतो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

धनु
वैदेशिक यात्रा तय गर्न सकिनेछ । राज्यबाट मान सम्मान पाइनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । अध्ययनमा रुचि जाग्नुका साथै सामाजिक मान प्रतिष्ठा मिल्ने देखिन्छ । नयाँ वस्त्र एवं अलङ्कारको प्राप्ति हुनेछ । साताको अन्त्यमा समय प्रतिकुल भई कुलतमा मन जानेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ्ग रातो वा घ्यूरङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको आरधनागरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

मकर
मन पर्ने व्यक्तिसँग भेटघाट हुनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको राम्रो छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आकस्मिक धन लाभ हुनेछ । यो साताका लागि शुभअङ्क ५, ९ र शुभरङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ
विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ, सचेत हुनुपर्छ । रविवारबाट शुभ समाचार सुन्न पाइएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । प्रयत्न गरे अधिक फाइदा लिन सकिनेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ्ग गुलाबी वा कालो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

मीन
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजाका साथ सफलताको सिडिहरु चढ्न सकिनेछ । आकस्मिक उपहार प्राप्त हुनसक्छ । साताको अन्त्यमा अनावश्यक चिन्ताले सताउन सक्ने भएकाले हरेक कुरामा सकारात्मक रहनुमै फाइदा हुन्छ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ्ग पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व बंगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।