राष्ट्रिय मेलमिलाप दिवसको महत्वबारे अन्तरक्रियात्मक कार्यक्रम

राष्ट्रिय मेलमिलाप दिवसको महत्वबारे अन्तरक्रियात्मक कार्यक्रम


– डिल्लीराम अम्माई, बेल्जियम

सप्ताहभरि राष्ट्रिय मेलमिलाप दिवस मनाउने नेपाली कांग्रेसको निर्णयबमोजिम बेल्जियमको लुभेनमा अन्तरक्रियात्मक रुपमा दिवस सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रम अंग्रेजी नयाँ वर्ष २०१८ को उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्दै मेलमिलाप दिवसको महत्वबारे विभिन्न वक्ताहरुले प्रकाश पारेका थिए ।

नेपाली जनसम्पर्क समिति बेल्जियमका सभापती सुवास गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम गैरआवासीय नेपाली संघकी सचिव जानकी गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा एनआरएन बेल्जियमका प्रथम उपाध्यक्ष गोविन्द सिंह अधिकारी, नेपाल आदिवासी जनजाती महासंघका अध्यक्ष बाबुराजा लामा र जनसम्पर्क समिति बेल्जियमका पुर्वअध्यक्ष गंगाधर गौतमको विशिष्ट आतिथ्यता रहेको थियो ।

जनसम्पर्क समितीकि महामन्त्री अनुजा प्रधानद्वारा संचालित कार्यक्रममा एनआरएन आइसीसी पदम गुरुङ,इना बेल्जियमकी अध्यक्ष पार्वती अधिकारी, प्रवासी नेपाली एकता समाजका अध्यक्ष दिपेन्द्र केसी, तमु समाजका अध्यक्ष जीवन गुरुङ, विश्व मगर संघका अध्यक्ष लोक राना मगर, गुल्मी समाजका अध्यक्ष कुलबहादुर कार्की, सिक्लेस पार्चे कल्याण कोषका अध्यक्ष चोकराज गुरुङ, गोर्खा समाजका अध्यक्ष राम घले, सेर्पा समाजका अध्यक्ष सोनाम सेर्पा,तामाङ्ग समाजका प्रतिनिधि शान्ता गोले, ब्यवसायी संघका वरिष्ठ उपाध्यक्ष चिरन खवास, चितवन सहायता कोषका रफी शाह, थारु समाजका इश्वरीप्रसाद चौधरी, क्षेत्री समाजका जयरामप्रताप केसी, बाग्लुङ्ग समाजका उपाध्यक्ष आकास थापा मगर लगायत बेल्जियममा भएका अधिकांश संघ संस्थाका नेतृत्वहरुको उपस्थिति रहेको थियो ।

अन्तरक्रियात्मक बहसमा यसोदा थापा, गोविन्द सिंह अधिकारी, बाबुराजा लामा, दिपेन्द्र केसी, ,जानकी गुरुङ लगायतले बीपीको मेलमिलाप नितीबारे ब्यापक बहस गरेका थिए। मुख्य गरेर वक्ताहरुले राष्ट्रिय मेलमिलाप दिवसको तात्कालिक सन्दर्भसहित आजको आवश्यकता र सान्दर्भिकताको बारेमा आफ्ना तार्किक भनाईहरु राखेका थिए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस युरोपका नेता गंगाधर गौतमले मेलमिलाप दिवसको सान्दर्भिकता बेल्जियमको कांग्रेस बेल्जियमभित्रको बिद्रोहसंग सम्बन्धित नभई नेपालको संवेदनशील राष्ट्रियता, सार्वभौमिकतासंग रहेको बताए।

बेल्जियम जनसम्पर्क समिती नफुटेको भन्दै पुरानो समिति कारवाहीमा परेको हो र समयको आवस्यकताले यसको सान्दर्भिकता पुष्टि गर्दै जाने उनले बताए।

सामाजिक अराजकता, निरंकुशता र नेतृत्वको अहंकारभित्र एकताको आवाज मलिनो हुने बताउँदै उनले केन्द्रको निर्णयले सबै कुराको फैसला गर्ने र त्यतिन्ज्याल सबैलाई धैर्य हुन आग्रह समेत गरे।

कार्यक्रमको समापन मन्तव्यको क्रममा जनसम्पर्क समिति बेल्जियमका सभापती सुवास गुरुङले उपस्थित सबैलाई धन्यबाद दिँदै यो मेलमिलाप दिवसले पार्टीभित्रका आन्तरिक मनमुटाव र असहमती चिर्दै पार्टी एक ढिक्का बनाएर अगाडि लैजाने प्रयत्नमा आफु रहेको र विद्रोह रहरले नगरिएको धारणा ब्यक्त गरे ।