डिल्लीराम अम्माई, बेल्जियम
राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५० औँ जन्मजयन्ती बेल्जियममा विभिन्न गजल तथा कविता बचनको आयोजना गरी मनाइयो ।
अनेसास बेल्जियम शाखाका अध्यक्ष राजकुमार पुडासैनीको अध्यक्षता तथा महासचिव शौरभ कारन्जितको सञ्चालनमा कार्यक्रम गरिएको हो।
विसं १९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक भएका भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । यति मात्र नभई उनले नेपालमा छापाखानासमेत भित्र्याएका थिए ।
कार्यक्रममा बेल्जियमका साहित्यमा रुचि राख्नेहरुको उल्यख्य उपस्थिति रहेको थियो।
प्रतिक्रिया