आजको पञ्चाङ्ग एवम् राशिफल (२३ पुस २०७५ सोमबार, ७ जनवरी २०१९)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ पुस २०७५ सोमबार, ७ जनवरी २०१९)


– जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग
श्रीसूर्योदक्षिणायने श्रीशाके १९४० नेपाल सं. ११३९ हेमन्त ऋतु वि.सं. २०७५ पुस २३ गते सोमबार, तद्अनुसार सन् २०१९ जनवरी ७ तारिख पौष शुक्लपक्ष प्रतिपदा तिथि ७ः५९ पर द्वितीया तिथि उत्तराषाढा नक्षत्र १९ः४३ पर श्रवण नक्षत्र हर्षण योग बालब करण आनन्दादिमा मृत्यु योग चन्द्रमा मकर राशिमा, काठमाडौंमा सूर्योदय बिहान ६ः५८मा र सूर्यास्त साँझ १७ः२२मा हुनेछ । शुभ योग अभिजित–११ः४९ देखि १२ः३१ अशुभ योग राहुकाल– ८ः१४ देखि ९ः३३ दिशा शूल– पूर्व ।

राशिफल

मेष राशि – चन्द्रमा राशिदेखि दशौँ स्थानमा भ्रमणशील छ । ग्रहगोचरको प्रभावस्वरुप मनोकूलको काममा सफलता मिल्नेछ । शैक्षिक र रचनात्मक काममा सफलता मिल्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । आफन्तको सुख बढ्ला । सुखशान्ति आनन्द बढ्नेछ । उन्नति–पदोन्नति हुनेछ । राजकीय कार्य बन्नेछ । मान महत्व बढ्ला ।

वृष राशि – भाग्य बढ्ला । भागदौड भैरहला । व्यर्थको झन्झटबाट छुटकारा मिल्ला । यात्रा हुने, महत्वपूर्ण काम बन्ने सम्भावना रहला । स्वास्थ्यमा सुधार हुनेछ । विशेष गरी धर्मकर्मसित सम्बन्धित काम बन्नेछ । आफ्नै बल विवेकले काम गर्नु उचित रहनेछ । अरुको भर नपर्नु नै उचित रहनेछ ।

मिथुन राशि – आँट उत्साह बढ्नेछ । सुख–समृद्धि बढ्ला । यात्रामा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । कुनै प्रकारको जोखिममा नपरी काम गर्नु उचित हुनेछ । चिठ्ठा आदि पर्न सक्छ ।

कर्कट राशि – धन मान सुख समृद्धि बढ्नेछ । आर्थिक प्रगतिसँगै यश गौरवमा पनि बढोत्तरी हुनेछ । वार्तामा सफलता मिल्नेछ । साझेदारीको काम बन्ला । आरोग्यता बढ्नेछ । भोगविलासमा रुचि रहनेछ । ख्याति फैलिनेछ ।

सिंह राशि – सुख सफलता मिल्नेछ । मान–सम्मान मिल्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य वृद्धि हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । विजयश्री मिल्नेछ । भोग विलासको अवसर भेटिएला ।

कन्या राशि – रसरागमा आकर्षण बढ्नेछ । खेलकूदमा रुचि बढ्ला । कलात्मक र रचनात्मक क्षमता बढ्नेछ । विवेक लगाएर योजनानुसार काम गर्नु उचित हुनेछ । इष्टमित्र सन्तान सुख बढ्नेछ । आमोदप्रमोदमा आकर्षण बढ्नेछ । प्रेमपथमा सफलता मिल्नेछ ।

तुला राशि – लाभ मिल्ला । उन्नति हुनेछ । आर्थिक पक्ष बलियो बन्नेछ । उधारो लगानी लगाएको धन उठ्ला । सुख–समृद्धि बढ्नेछ । यात्रामा सफलता मिल्नेछ । समस्याको समाधान गर्नुहुनेछ । ख्याति फैलिनेछ ।

वृश्चिक राशि – मनोकूलको काम बन्नेछ । यश वर्चश्व बढ्ला । दायित्व पूरा गर्नुहुनेछ । नयाँ दायित्वको पनि प्राप्ति हुनेछ । यात्रापरक कार्य बन्नेछ । साथीभाइको साथ मिल्नेछ । विकासको सम्भावना देखापर्ने, सँगसँगै आशा उत्साह पनि वृद्धि हुनेछ । ऐश्वर्य बढ्नेछ ।

धनु राशि – उन्नति हुनेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । धन सम्पत्ति बढ्ला । मान यश बढ्नेछ । ख्याति फैलिएला । दुःख दरिद्री भाग्नेछ । सुख–शान्ति बढ्नेछ । पुरस्कार प्राप्त होला । वार्तामा सफलता प्राप्त होला । मान गौरव बढ्नेछ ।

मकर राशि – दिन शुभ फलदायक रहनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक समस्याको समाधान मिल्नेछ । उत्थानमूलक काममा ऊर्जा लगाउनु उचित हुनेछ । मिठो भोजन मिल्नेछ । भोगविलासको अवसर प्राप्त होला । सुख आनन्द धन मान बढ्ला ।

कुम्भ राशि – सुख आनन्द बढ्नेछ । यात्रापरक काम बन्नेछ । घरपरिवारको स्थिति अनुकुल रहनेछ । रसरागमा रुचि बढ्ला । लगानी बढ्नेछ । खेलकूद भ्रमण आदिमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाई काम गर्नु उचित हुनेछ ।

मीन राशि – आरोग्यता बढ्ला । आर्थिक पक्ष बलियो बन्नेछ । सुखशान्ति वृद्धि हुनेछ । आफन्तको सहयोग मिल्नेछ । विजयश्री मिल्नेछ । हरेक प्रकारले सुख–सौग्यमा वृद्धि हुनेछ । आयस्रोतमा बढोत्तरी हुनेछ । लगानी उठ्ला । अन्नधन बढ्नेछ ।