आजको राशिफल (शनिबार, २१ पुस २०७५, ५ जनवरी २०१९)

आजको राशिफल (शनिबार, २१ पुस २०७५, ५ जनवरी २०१९)


– जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्य

आजको पञ्चाङ्ग :

श्रीसूर्योदक्षिणायने श्रीशाके १९४० नेपाल सं. ११३९ हेमन्तऋतु विरोधकृत नामक संवत्सर वि.सं. २०७५ पुस २१ गते तद्अनुसार सन् २०१९ जनवरी ५ तारिख शनिबार पौष कृष्णपक्ष अमावश्या तिथि मूल नक्षत्र १५ः२१ पर पूर्वाषाढा नक्षत्र ध्रुव योग चतुष्पाद करण आनन्दादिमा गद योग चन्द्रमा धनु राशिमा काठमाडौंमा सूर्योदय बिहान ६ः५७ मा र सूर्यास्त साँझ १७ः२१ मा हुनेछ । आज दर्शश्राद्धम्, (निशीरहलो बार्ने), पौषी/गया/विष्णुपादुका/वेत्रावती/बराहक्षेत्रे/गोकर्णादितीर्थे स्नान एवं श्राद्धादि, गुरु गोविन्द सिंह जयन्ती । शुभ समय अभिजित– ११ः४८ देखि १२ः३० राहु काल– ९ः३२ देखि १०ः५१ दिशा शूल– पूर्व ।

राशिफल :

मेष राशि – यात्रा होला । धर्मकर्ममा आकर्षण होला । सुख–आनन्द बढ्नेछ । विद्या बुद्धि बढ्ला । कला, साहित्य, बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्नेछ । इष्टमित्र सुख–सन्तति बढ्नेछ । गीत–संगीतमा रुचि बढ्ला ।

वृष राशि – नियम–कानूनलाई ध्यानमा राख्नुपर्नेछ । जोखिममा नपर्नु उचित होला । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ । यद्यपि आज बढि नै मिहीनेत गर्नुपर्ला । सोचिविचारी काम गर्नुपर्ला र स्वास्थ्यमा पनि ध्यान राख्नुपर्नेछ ।

मिथुन राशि – साझेदारीको काम बन्ला । विकासको नयाँ सम्भावना देखापर्नेछ । आँट–उत्साह बढ्नेछ । सुख–सम्पति बढ्ला । यात्रामा सफलता मिल्ला । ऐश्वर्य वृद्धि हुनेछ । हासविलासमा रुचि बढ्नेछ ।

कर्कट राशि – आर्थिक पक्ष बलियो बन्नेछ । धन मान सुख सम्पति बढ्नेछ । वार्तामा सफल हुनुहुनेछ । सभासमारोहमा भाग लिनुहुनेछ । आरोग्यता बढ्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । रोकिएको काम बन्नेछ ।

सिंह राशि – ग्रहगोचर शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन मिल्नेछ । सुख आनन्द वृद्धि होला । मान महत्व बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्ला । इष्टमित्रको सहयोग मिल्नेछ । प्रेममा सफलता मिल्नुको साथै सन्तान सुख पनि पाइनेछ ।

कन्या राशि – खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । खर्च बढ्नेछ । अरुको भर पर्नु र लापर्वाही गर्नु उचित हुने छैन । विवाद आदिमा पर्नु र जोखिमपूर्ण काममा लाग्नु उचित हुनेछैन ।

तुला राशि – ग्रहगोचर लाभदायक र उन्नतिवर्द्धक रहनेछ । धनसम्पत्ति वृद्धि होला । रोकिएको काम बन्नुको साथै उधारो लगाइएको धन उठ्नेछ । आफन्तको सुख मिल्नेछ । इच्छा पूरा होला । यात्रामा सफलता प्राप्त होला । लेखन र प्रकाशनसित सम्बन्धित काम बन्नेछ । ऐश्वर्य बढ्नुको साथै विजय पनि मिल्नेछ ।

वृश्चिक राशि – कार्यमा सफलता मिल्नेछ । यश बर्चश्व बढ्ला । उन्नति पदोन्नति हुनेछ । मनोकूलको कार्य बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । धन मान बढ्ला । उच्चाधिकारीको सहयोग समर्थन मिल्नेछ । विजयश्री प्राप्त होला ।

धनु राशि – चन्द्रमा राशिमा भ्रमणशील रहला, अतः कुनै पनि प्रकारको शारीरिक र आर्थिक काममा सफलता मिल्नेछ । लोभलालच र लापर्वाही नगर्दा बेस रहनेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन मिल्नेछ । रसरागमा आकर्षण बढ्ला ।

मकर राशि – सुख–शान्ति बढ्ला । खर्च पनि बढ्नेछ । भागदौड बढ्नेछ । आरोग्यता वृद्धि हुनेछ । मान सम्मान बढ्नेछ । मिठो भोजन खान पाउनुहुनेछ । कार्य क्षेत्रमा सफलता प्राप्त होला । लापर्वाही नगर्नु उचित होला ।

कुम्भ राशि – ऋण रोग र शत्रुसित लडने प्रतिरोधात्मक क्षमता वृद्धि होला । आफन्तको सहयोग मिल्नेछ । रोकिएको काम बन्ला । आय वृद्धि होला । रोकिएको धन उठ्नेछ ।

मीन राशि – इष्टमित्रको सहयोग–समर्थन मिल्नेछ । प्रेममा सफलता मिल्ला । पारिवारिक सुख–शान्ति बढ्नेछ । सन्तान सुख वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागमा बढोत्तरी हुनेछ । राजकीय कार्य बन्ला । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्नेछ ।