प्रचण्डहरू अग्रगामी भए प्रतिगामीचाहिँ को ?



–  देवप्रकाश त्रिपाठी

एघार वर्षसम्म गणतन्त्रको अभ्यास गरिसकेपछि बेलायत राजतन्त्रात्मक व्यवस्थामा फर्कनु अग्रगमन थियो कि प्रतिगमन ? सन् १६४९ मा राजा चाल्र्स प्रथम सेनापति ओलिभर क्रमवेलद्वारा काटिएपछि गणतन्त्रात्मक अभ्यास शुरु गरेको बेलायतले एघार वर्षपछि सन् १६६० मा राजतन्त्र पुनर्स्थापना गऱ्यो, यस घटनालाई सिद्धान्तकारहरू प्रतिगमन ठान्छन् र, वामपन्थी कम्युनिस्टहरू अझै ठूलो स्वरमा त्यसलाई प्रतिगामी कदम भन्छन् । सम्पूर्ण सत्ताको अधिपति बनिसकेपछि कम्युनिस्टहरू समयलाई त्यही बिन्दुमा रोक्न चाहन्छन्, तर त्यसपछि पनि उनीहरू आफूलाई अग्रगामी दाबीचाहिँ गरिरहन्छन्, यथास्थितिवादी बनेको स्वीकार गर्न खोज्दैनन् । नेपालका कम्युनिस्टहरू उत्तर कोरियाका ‘राजा’ किम जोङ उन तथा क्युवाका ‘अधिराजकुमार’ राहुल क्यास्त्रोलाई अग्रगामी ठान्छन्, तर महाथीर मोहम्मद र पार्क चुङ हीहरू यिनका दृष्टिमा प्रतिगामी हुन् ।

राजनीतिको एक मात्र उद्देश्य जनसेवा हो र जनतालाई शान्त, सुरक्षित, सुविधासम्पन्न, सहज, सम्मानजनक तथा स्वतन्त्र जीवन बाँच्न अवलम्बन गरिने नीतिलाई राजनीति भनिएको हो । प्लेटो र अरिस्टोटलदेखि हिगल, कान्ट र फायरबाख हुँदै माक्र्ससम्मका चिन्तकहरूले आफ्नो चिन्तनको केन्द्रबिन्दु मानिसको सेवा–सुविधा र सन्तुष्टिलाई बनाएका हुन् । राजनीतिमा जति पनि दर्शन, विचार, सिद्धान्त, नीति र कार्यक्रमको कुरा गरिन्छ ती सबैको अन्तिम लक्ष्य हेरियो भने जनता अर्थात् मानिसलाई सेवा–सुविधा उपलब्ध गराउने बिन्दुमै पुगेर टुङ्गिएको देखिन्छ । कसैको वैयक्तिक महत्वाकाङ्क्षा पूरा गर्न संसारमा यदाकदा सत्ता कब्जाका घटना नहुने होइनन् । अजस्र स्रोतको साधन राज्यलाई ठानेर नाम, दाम र सानका लागि सत्तालाई दुरुपयोग गर्नेहरूको कथालाई अपवाद मान्ने हो भने राज्यसत्ता मानिसको सर्वोपरि हितका निमित्त गठन भएको संस्था हो– माध्यम हो, विचार दर्शन र सिद्धान्तचाहिँ मानिसलाई सेवा–सुविधा उपलब्ध गराउने काइदा मात्र हो ।

गणतन्त्रमा गइसकेको बेलायतले राजतन्त्रात्मक प्रणालीभन्दा गणतन्त्रलाई उन्नत ठान्न सकेन, व्यवहारतः गणतन्त्र अनुपयुक्त प्रणाली ठहर भयो र उनीहरू राजतन्त्रात्मक प्रणालीमा फर्किए । बेलायत शदियौँदेखि एक सभ्य, समृद्ध र शक्तिशाली मुलुकका रूपमा राजतन्त्रसहित स्थापित छ । सन् १६६० मा ‘प्रतिगामी कदम’ चालिएको भए पनि त्यहाँका जनताले उच्च तहको सेवा, सुविधा, स्वतन्त्रता र सुरक्षा प्राप्त गरेको हुनाले बेलायती प्रतिगमन उत्तरकोरियाको अग्रगमनभन्दा हजारौँ गुणा जायज र उचित सिद्ध भएको छ । राजतन्त्र उन्मूलन गर्दै सङ्घीय, लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीसहित अग्रगामी मार्ग अवलम्बन गर्ने कङ्गो विश्वको सबैभन्दा गरिब मुलुकमा दर्ज हुन पुगेको छ । पर्याप्त कृषियोग्य जमिन र वनजङ्गल, सुनखानी, हीराखानी, तामाखानी, युरेनियम, पेट्रोलियम पदार्थ तथा जलस्रोतका साथमा लोकतान्त्रिक गणतन्त्र भएर पनि विश्वको सबैभन्दा गरिब देश हुनुपर्छ भने त्यहाँको अग्रगमनको मूल्य के रह्यो ? दक्षिण कोरिया गरिब थियो, तर कुनै न कुनै रूपको प्रजातान्त्रिक अभ्यास त्यहाँ भइरहेका बेला जनरल पार्क चुङ हीले सत्ता कब्जा गरे ।

राजनीति नेपालमा सबैभन्दा लाभदायक व्यापार–व्यवसाय बनेको छ । र, विपन्न राजनीतिजीवीहरू रातारात महाधनाढ्यमा रूपान्तरित भएका छन् । उद्यमी, व्यवसायी र व्यापारी तथा उत्पादकहरू दिनप्रतिदिन सङ्कटको सामना गर्दै छन् । राजनीतिजीवी तथा कर्मचारी प्रशासकहरू बोलेको या एउटा दस्तखत गरेकै भरमा सम्पन्न बन्ने, तर काम गर्ने वर्ग विपन्न बन्दै जाने जुन स्थिति पैदा भएको छ, यसले मुलुकलाई समुन्नत बनाउने कल्पना गर्न सकिँदैन ।

यसरी सत्ता कब्जा गर्नु अवश्य प्रतिगामी कदम थियो, तर उनै पार्कले अवलम्बन गरेको नीति र कार्यक्रमले दक्षिण कोरियालाई स्थिरता दियो, सम्पन्नताको शिखरमा पुऱ्यायो । जम्मा पचासी अमेरिकी डलर प्रतिव्यक्ति आम्दानी भएको दक्षिण कोरिया आज तेत्तीस हजार डलर प्रतिव्यक्ति आम्दानी हुने हैसियतमा पुगेको छ । उत्तर कोरियाको ‘अग्रगमन’सँग तुलना नै गर्न नमिल्ने–नहुने–नसकिने स्तरको सेवा, सुविधा र समृद्धि दक्षिण कोरियाली जनताले प्राप्त गरेका छन् । अग्रगामी छलाङ मार्ने किम इल सुङहरूको उत्तरकोरिया टुलुटुलु हेरेर बस्दै छ । झन्डै साढे तीन दशक गणतन्त्रात्मक अभ्यास गरेर राजतन्त्रात्मक प्रणालीमा फर्किएको स्पेन पनि समृद्धिको दिशामा अग्रसर छ । माओवादीको ‘अग्रगामी’ छलाङले सकसपूर्ण अवस्थामा पुऱ्याएको कम्बोडिया राजतन्त्रको पुनर्वहालीसँगै शान्ति, स्थिरता र समृद्धिको दिशामा तीव्र गतिका साथ लम्कँदै छ ।

सन् १२५८ मा राजा इन्द्रादित्यले स्थापना गरेको राजतन्त्रात्मक प्रणालीबाट थाइल्याण्ड पनि एक कालखण्डमा मुक्तप्रायः भएकै हो । सन् १९३५ मा संवैधानिक बनाइएका राजा प्राधियोक राजगद्दी त्यागी बेलायत निर्वासनमा गएपछि स्विटजरल्याण्डमा बस्ने राजाका दश वर्षीय भतिजा आनन्द महिदललाई राजा थापेर थाइल्याण्डमा गणतन्त्रात्मक अभ्यास गरिएको थियो । राजतन्त्रको विधिवत् पुनर्स्थापना गरिनु कम्युनिस्ट भाषामा अवश्य प्रतिगमन थियो । तर, राजतन्त्रात्मक थाइल्याण्ड ‘अग्रगामी क्रान्तिकारी’ लाओसभन्दा धेरै अगाडि पुगिसकेको छ । जनता गरिब रहने शासक रातारात धनाढ्य र महाधनाढ्य बन्दै जाने अवस्थालाई अग्रगामी व्यवस्था मान्नुपर्ने हो भने नेपाल पनि द्रुतगतिले अग्रगामी यात्रामा रहेको स्वीकार गर्नैपर्दछ ।

राजतन्त्र स्थापना गर्नुपर्छ कि पर्दैन, पुनर्स्थापनाको आवश्यकता हो कि होइन, यी मूल प्रश्न होइनन् । संसारमा राजतन्त्र भएका मुलुकले पनि समृद्धि प्राप्त गरेका छन् र गणतन्त्रात्मक देशले पनि । मुख्य प्रश्न देशले सम्मान र समृद्धि हासिल गर्न सकेको छ कि छैन, जनताले सेवा, सुविधा, न्याय, सुरक्षा र स्वतन्त्रता पाएका छन् कि छैनन् भन्ने हो । जारशाही अन्त्य भएको सय वर्ष बितिसक्दा पनि रसियामा बीसदेखि तीस प्रतिशत मानिस अहिले पनि राजतन्त्र पुनर्स्थापनाको पक्षमा रहेको विश्वास गरिन्छ । अग्रगामी कम्युनिस्ट शासक चाउचेस्कुलाई सडकमा ल्याएर जनताले हत्या गरेको तीन दशक भइसकेको छ र, रुमेनियाली जनताको ठूलो हिस्सा त्यहाँ राजतन्त्र पुनर्स्थापना गर्न प्रयासरत देखिन्छन् ।

राजतन्त्र विस्थापित भएर माओवादीको ‘अग्रगामी शासन’ शुरु भएपछि विखण्डित र आहत भएको मुलुक इथियोपियाले ‘प्रतिगामी’ कदम चाल्दै माओवादी कम्युनिस्टहरूलाई पनि विस्थापित गरेयता त्यहाँ राजतन्त्र पुनर्स्थापनाको नारा लाग्दै आएको छ । रसियादेखि इथियोपियासम्मका मुलुक आर्थिक उन्नतिको दिशामा छन् । त्यहाँको प्रगतिले राजतन्त्र पुनर्स्थापनको नारालाई ओझेल पारिदिएको छ । शासक–प्रशासकहरू इमानदार, देशभक्त र दूरदर्शी भइदिए भने समृद्धिको द्वार खुल्न सम्भव हुँदोरहेछ र, देशले आर्थिक उन्नतिको दिशातर्फ गति बढाउन सक्दा मात्र पुरानो अवस्था–व्यवस्थामा देश फर्किने–फर्काइने सम्भावना न्यून हुँदोरहेछ । नेपालमा कथित अग्रगामी व्यवस्था (सङ्घीय, धर्मनिरपेक्ष, लोकतान्त्रिक गणतन्त्र) कार्यान्वयनमा ल्याइएपछि एक राजाको सट्टा अनेक राजा–महाराजालाई व्यहोर्नुपरेको महसुस आमनेपालीले गरिरहेका छन् । राजनीति नेपालमा सबैभन्दा लाभदायक व्यापार–व्यवसाय बनेको छ । र, विपन्न राजनीतिजीवीहरू रातारात महाधनाढ्यमा रूपान्तरित भएका छन् । उद्यमी, व्यवसायी र व्यापारी तथा उत्पादकहरू दिनप्रतिदिन सङ्कटको सामना गर्दै छन् । राजनीतिजीवी तथा कर्मचारी प्रशासकहरू बोलेको या एउटा दस्तखत गरेकै भरमा सम्पन्न बन्ने, तर काम गर्ने वर्ग विपन्न बन्दै जाने जुन स्थिति पैदा भएको छ, यसले मुलुकलाई समुन्नत बनाउने कल्पना गर्न सकिँदैन ।

पृथ्वीनारायण शाहले एकीकरण अभियानको शुरुवात गर्नुअघि पनि नेपाललाई इसाईकरण गर्ने प्रयास भएको थियो, प्रचण्डहरू देशलाई त्यही ठाउँमा पुऱ्याउन यत्नरत छन् । एकीकरणपूर्व यो देश बाइसी र चौबीसे राज्यमा विभाजित थियो, प्रचण्डहरू सङ्घीयताको आवरणमा एकीकरणपूर्वकै अवस्थामा मुलुकलाई पुऱ्याउन एकाग्रचित्तले तल्लीन छन् ।

नेपालमा यतिबेला कुनै व्यवसायको अनुमति पाउन कोही नागरिक सरकारी कार्यालय पुग्छन् भने सबैभन्दा पहिले सम्बद्ध अधिकारीलाई नगद चढाउनुपर्ने हुन्छ । राम्रै ‘व्यवसाय देखियो’ भने निश्चित प्रतिशत गोल्डेन (बिनालगानी) सेयर नलिईकन फाइल अघि बढाउन कर्मचारी तयार हुँदैनन् । अलिक राम्रै आम्दानीको सम्भावना भएको ठूलो व्यापार छ भने उच्च तहका नेतालाई नगद या ‘गोल्डेन सेयर’ उपलब्ध नगराईकन कसैले अनुमति (लाइसेन्स) पाउने कल्पनासम्म गर्नुपर्दैन । जब उद्यमी व्यवसायीभन्दा शासक–प्रशासकले सजिलोसँग धन आर्जन गर्ने अवस्था रहन्छ भने त्यस्तो मुलुकका बासिन्दाले समृद्धिको सपना नदेख्नु राम्रो हुन्छ । राजनीतिक नियुक्ति, कर्मचारीको सरुवा, बढुवा र ठेक्कापट्टा तथा व्यावसायिक प्रयोजनका अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराइँदा राजनीतिजीवीदेखि परजीवीतन्त्रका अधिकारीसम्मलाई नगद वितरण गर्ने अवस्थाले सुशासन र समृद्धिको सम्भावना देखाइरहेको छैन । वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्मले आफ्नो गच्छेअनुसारको लुटतन्त्र मच्चाउने परम्परा यहाँ बसेको छ र, यसैलाई धर्मनिरपेक्षतासहितको अग्रगामी सङ्घीय, लोकतान्त्रिक गणतन्त्र भन्ने गरिएको छ ।

प्रचण्डहरूले अग्रगामी छलाङ लगाएयता जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तनका कुनै सङ्केत देखिएको छैन । सार्वभौमिक सर्वोच्चता अपमानित भएको छ, राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बिथोलिएको छ । औद्योगिकीकरणको क्रम अवरुद्ध भएको छ, युवाहरू बिदेसिने क्रम बढेको छ, वर्षेनी हजारौँ घरेलु उद्योगहरू बन्द भइरहेका छन्, रोजगारी प्रवर्द्धन हुन सकेको छैन, वन तथा वातावरणमाथिको अतिक्रमण थेग्नै नसकिने गरी बढेको छ, अपराध र अपराधीकरणमा भारी वृद्धि भएको छ, शान्तिसुरक्षाको स्थिति नाजुक बनेको छ, अनुशासनहीनता र अराजकता नेपालीको नयाँ संस्कृति बन्न खोज्दै छ, मौलिक धर्म, संस्कृति तथा परम्परा विस्थापित गरी इसाईकरणलाई प्रोत्साहित गर्ने कार्य भइरहेको छ । लगानीका निम्ति उपयुक्त वातावरण बन्नुको सट्टा दिनप्रतिदिन लगानीप्रतिकूल स्थिति बन्दै छ । कमाइमा कर हुनुपर्नेमा करको दर र दायरा यसरी बढाइएको छ कि जनता घरजग्गा बिक्री गरेर ‘घरजग्गा कर’ तिर्नुपर्ने स्थितिमा पुग्दै छन्, प्रचण्डहरू यसैलाई महान् उपलब्धि र अग्रगमन भन्दै राष्ट्रको पक्षमा आवाज बोल्नेहरूलाई प्रतिगामी करार दिँदै छन् । केपी ओलीसँग ‘धृतराष्ट्रिय आलिङ्गन’ गर्दै पहिले पार्टी र त्यसपछि सत्ता कब्जा गर्ने एकलव्य शैलीमा प्रस्तुत भइरहेका प्रचण्ड, राष्ट्रिय पहिचान र स्वधर्मका पक्षधरहरूलाई प्रतिगामी ठान्ने प्रचण्ड किम जोङ उनको पथमा छन् भन्ने उनको हाउभाउबाट छर्लङ्गै बुझ्न सकिन्छ ।

देशको एकता, सामाजिक सद्भाव र धर्मसापेक्षतालाई प्रतिगमन देख्ने प्रचण्ड उत्तर कोरियाई पथलाई ‘अग्रगामी’ ठान्दै छन् । वास्तवमा प्रचण्डहरू वितण्डावादीबाहेक थप केही हुन् भने धनसङ्ग्रहवादी हुन् भन्ने उनीहरूको आचार–व्यवहारले दर्शाइरहेको छ । वितण्डावादी तिनलाई भनिन्छ जो अर्को पक्ष (असहमत पक्ष) पूरै खराब हुन् भन्ने मान्यता राख्दछ र ध्वंसात्मकतामा रमाउँछ । पाखण्डीहरूलाई वितण्डावादी भन्ने गरिन्छ र अर्को पक्षको खण्डन गर्नेबाहेक कुनै सकारात्मक काम गरेर देखाउने सामर्थ्य उनीहरूमा रहँदैन । प्रचण्डहरू नेपाललाई पृथ्वीनारायण शाहभन्दा पहिलेको अवस्थामा पुऱ्याउन चाहन्छन् ।

सबै मानिस सुख चाहन्छन् । ‘सु’ भनेको अनुकूल र ‘ख’ भनेको आकाश अर्थात् सम्पूर्ण विश्व हो । सम्पूर्ण विश्वलाई आफूअनुकूल बनाउने प्रयास वितण्डावादीहरूबाट भइरहेको छ र, अग्रगमनको नाममा स्वस्थानी कथाका महादेवको पछिपछि सप्तऋषिका पत्नीहरू लागेझैँ ‘विर गोर्खाली’हरू वितण्डावादीका पछि–पछि कुदिरहेका छन् । नेपालीले को सच्चा अग्रगामी र को साँच्चैका प्रतिगामी भन्ने कहिले बुझ्न सक्ने हुन्, प्रतीक्षा त्यसैको भइरहेछ ।

देशको सार्वभौमिक सम्मान र सर्वोच्चता चाहनेहरू प्रतिगामी कि विदेशीको चरणमा सार्वभौमिकता सुम्पनेहरू प्रतिगामी ? नेपाली–नेपालीबीच एकता र सद्भावको वातावरण बनाउन खोज्नेहरू प्रतिगामी कि वातावरण प्रदूषित बनाउनेहरू प्रतिगामी ? देशको आफ्नो धर्म, संस्कृति र परम्पराको रक्षा र सम्बर्द्धन गर्नुपर्छ भन्नेहरू प्रतिगामी हुन् कि आफ्नो धर्म, संस्कृति मेटेर मुलुकलाई इसाईकरण गर्न खोज्नेहरू प्रतिगामी ? क्रान्ति र अग्रगमनका नाममा आफ्नै पार्टीका कार्यकर्ता तथा सिङ्गै देशलाई ठग्नु प्रतिगमन हो कि देश र जनताको पक्षमा इमानदार रहनुचाहिँ प्रतिगमन हो ? यस्ता प्रश्नहरूको जवाफ अब प्रचण्डहरूसँग खोज्ने होइन, नेपाली भएकोमा गौरव गर्नेहरूले आफैँसँग प्रश्न गरेर जवाफ खोज्न विलम्ब भइसकेको छ ।

पृथ्वीनारायण शाहले एकीकरण अभियानको शुरुवात गर्नुअघि पनि नेपाललाई इसाईकरण गर्ने प्रयास भएको थियो, प्रचण्डहरू देशलाई त्यही ठाउँमा पुऱ्याउन यत्नरत छन् । एकीकरणपूर्व यो देश बाइसी र चौबीसे राज्यमा विभाजित थियो, प्रचण्डहरू सङ्घीयताको आवरणमा एकीकरणपूर्वकै अवस्थामा मुलुकलाई पुऱ्याउन एकाग्रचित्तले तल्लीन छन् । देशलाई अढाई सय वर्ष पुरानो अवस्थामा फर्काउन प्रयासरत प्रचण्डहरू अग्रगामी र, आफ्नै मौलिक धर्म–संस्कृतिसहितको एकताबद्ध नेपालको पक्षमा उभिनेचाहिँ प्रतिगामी हुने कुरा सोह्रैआना गलत छ, सोह्रैआना गलत सोच बोकेर पनि प्रचण्डहरू मान्छेका अघिल्तिर ठिङ्ग उभिएर बोल्न लज्जाबोध गर्दैनन् । देशका पक्षमा बोल्नेहरू लुक्नुपर्ने, ठाउँ–कुठाउँ झुक्नुपर्ने, बोल्दाबोल्दै रोकिनुपर्ने तर देशप्रतिकूल व्यवहार गर्ने वितण्डावादीहरूचाहिँ देशको मालिक बन्ने जुन नियति अहिले देशले भोग्नु परिरहेको छ, यसबाट मुक्ति नमिलेसम्म जनताले न्यायिक र देशले समृद्धिअनुकूल वातावरण प्राप्त गर्न सम्भव देखिँदैन ।

सबै मानिस सुख चाहन्छन् । ‘सु’ भनेको अनुकूल र ‘ख’ भनेको आकाश अर्थात् सम्पूर्ण विश्व हो । सम्पूर्ण विश्वलाई आफूअनुकूल बनाउने प्रयास वितण्डावादीहरूबाट भइरहेको छ र, अग्रगमनको नाममा स्वस्थानी कथाका महादेवको पछिपछि सप्तऋषिका पत्नीहरू लागेझैँ ‘विर गोर्खाली’हरू वितण्डावादीका पछि–पछि कुदिरहेका छन् । नेपालीले को सच्चा अग्रगामी र को साँच्चैका प्रतिगामी भन्ने कहिले बुझ्न सक्ने हुन्, प्रतीक्षा त्यसैको भइरहेछ ।

प्रतिक्रिया