करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु

करेन्ट लागेर विद्युत् कर्मचारीको मृत्यु


कञ्चनपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । कञ्चनपुरको वेदकोट नगरपालिकास्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेसनमा करेन्ट लागेर आज (आइतबार) बिहान एक कर्मचारीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करेन्ट लागेर भीमदत्त नगरपालिका–१९ बागफाँटा घर भई हाल विद्युत् सवस्टेसनमा कार्यरत चन्द्रदेव भट्टको मृत्यु भएको छ ।

घटनाप्रति प्रहरीले आशंका व्यक्त गर्दै प्रारम्भिक अनुसन्धानका लागि तीनजना कर्मचारीलाई नियन्त्रणमा लिएको छ । मृतकका आफन्त र स्थानीयवासीले भट्टको मृत्यु शंकास्पद भएको भन्दै पूर्व–पश्चिम राजमार्गको लालपुर खण्डमा अवरोध पु¥याउनुका साथै शव उठाउन दिएका छैनन् ।

विगत आठ वर्षदेखि सुरक्षागार्डका रूपमा कार्यरत मृतक भट्टले घटना हुनुअघि बिहान सवस्टेसनका प्रमुख कमलसिंह स्वारसँग बसेर चिया खाएको स्थानीय चियापसल सञ्चालक नरेन्द्र साउदले जानकारी दिए । स्थिति तनावपूर्ण बन्ने देखिएपछि लालपुरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।