आईएसएफको कोर्डिनेडरमा राजकुमार कार्की नियुक्त

आईएसएफको कोर्डिनेडरमा राजकुमार कार्की नियुक्त


–श्रीविक्रम भण्डारी
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)मा आबद्ध एसियन स्कुल स्पोर्टस् फेडेरेसन (एसएसएफ) को साधारणसभाको बैठक कतारको राजधानी दोहामा सम्पन्न भएको छ । उक्त एएसएसएफको साधारणसभाको बैठक १० देखि १४ डिसेम्बरसम्म दोहामा बसेको थियो । बैठकमा नेपालको तर्फबाट नेपाल विद्यालय तथा विश्वविद्यालय खेलकुद संघका अध्यक्ष प्रदीप जोशी (टेकराज) र महासचिव राजकुमार कार्कीले सहभागिता जनाएका थिए ।

त्यस्तै, इन्टरनेसनल स्कुल स्पोर्टस् फेडेरेसन (आईएसएफ) को रसियाको सोचीमा सन् २०१८ को नोभेम्बर १७ देखि १८ सम्म बसेको कार्यसमितिको बैठकले नेपालका लागि महत्वपूर्ण निर्णय गरेको छ । उक्त आईएसएफको कार्यसमितिको बैठकले नेपाललाई आपूmअन्तर्गतको तेक्वान्दो खेलको ‘फुल मेम्बर टेक्निकल कोर्डिनेटर’को जिम्मेवारी दिएको छ । जसको लागि आईएसएफले नेपाल स्कुल स्पोर्टस् संघका महासचिव राजकुमार कार्कीलाई नियुक्ति गरेको छ । उक्त कुरा आईएसएफका अध्यक्ष लोरेन्ट पेटरेन्कद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

कोर्डिनेटरको रूपमा नियुक्ति भएपछि कतारको दोहामा बसेको साधारणसभामा आईएसएफका सचिव तथा प्रतिनिधि जी कोलीले एक कार्यक्रमबीच कार्कीलाई नियुक्तिपत्र हस्तान्तरण गरेको अध्यक्ष प्रदीप जोशीले जानकारी गराएका छन् । कोर्डिनेटर नियुक्ति भएपछि कार्कीले नेपालको लागि यो ठूलो उपलब्धि हो भन्दै तेक्वान्दो खेलको विकासमा यो जिम्मेवारीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

महासचिव कार्कीलाई यो जिम्मेवारी चार वर्षको लागि प्रदान गरिएको हो । अब कार्कीले २०१८ देखि २०२२ सम्म आईएसएफको ‘फुल मेम्बर टेक्निकल कोर्डिनेटर’को रूपमा नेपालमा तेक्वान्दो खेलको विकास र विस्तारको लागि कार्य गर्न पाउनेछन् । आईएसएफबाट यस्तो महत्वपूर्ण जिम्मेवारी पाउने कार्की पहिलो व्यक्ति हुन् ।

यो जिम्मेवारीका लागि नेपाल नेपाल विद्यालय तथा विश्वविद्यालय खेलकुद संघका अध्यक्ष, वल्र्ड तेक्वान्दो फेडेरेसनका उपाध्यक्ष प्रदीप जोशीले राजकुमार कार्कीको आईएसएफमा सिफारिस गरेका थिए ।