ओली इतिहासकै बलियो प्रधानमन्त्री : गगन

ओली इतिहासकै बलियो प्रधानमन्त्री : गगन


नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भएको बताएका छन् ।

नेपाली कांग्रेस उर्लाबारी नगर समितिले मंगलबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै थापाले बीपी कोइरालाको दुईतिहाइको सरकारका बेला पार्टीभित्र र बाहिर सबैतिर दबाब रहेको स्मरण गर्दै हालका प्रधानमन्त्रीलाई त्यस्तो कुनै दबाब नरहेको धारणा राखे ।

थापाले वर्तमान सरकारले देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्नेमा त्यस्तो संकेत नदेखिएको बताए । उनले सरकारको बारेमा आलोचना गर्नुभन्दा पनि अबका चार वर्ष पार्टी संगठन सुदृढीकरण गर्दै जनताको मन जितेर आगामी निर्वाचनमा विजयी हासिल गर्ने गरी कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।