साइपाल कप सेभेन ए साइड फुटबल सुरु

साइपाल कप सेभेन ए साइड फुटबल सुरु


साइपाल एकेडेमीको आयोजनामा प्रथम साइपाल कप अन्तरविद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता मंसिर २३ गते आइतबारदेखि सुरु भएको छ ।

प्रतियोगितामा २८ ब्वाइज टिमको सहभागिता रहने साइपालका प्रिन्सिपल सुमन नगरकोटीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद पुरस्कार पाउने साइपालका फुटबल प्रशिक्षक एवं प्रतियोगिता संयोजक हरि महर्जनले जानकारी दिए । साताव्यापी नकआउट प्रतियोगिताका खेलहरू कपनस्थित आकाशेधाराको मैदानमा हुनेछ ।