ईपीएलमा आज ललितपुरले चितवन र भैरहवाले पोखरासँग खेल्दै

ईपीएलमा आज ललितपुरले चितवन र भैरहवाले पोखरासँग खेल्दै


एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने भएका छन् । टियु क्रिकेट मैदानमा हुने पहिलो खेलमा आज ललितपुर प्याट्रिएट्सले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल विहान ९ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजसँग प्रतिस्पर्धा गर्ने छ । दुवै टिमको यो पहिलो खेल हो । आ-आफ्नो पहिलो खेलमा नै जित हात पार्ने दाउमा दुवै टिम छन् ।

प्रतियोगितामा विराटनगर, ललितपुरसँगै काठमाडौं किंग्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्स रहेका छन् ।