नेपाटपका उत्पादनको माग उच्च

नेपाटपका उत्पादनको माग उच्च


निर्माण क्षेत्रमा प्रयोगहुने विभिन्न सामाग्रीहरु मध्ये पानी संकलन गर्ने ट्याङ्की पनि महत्वपुर्ण छ । निर्माण गर्दा होस या निर्माण भइसकेपछि पानीको व्यवस्थापन गर्न ट्याङकी अति आवस्यक हुन्छ । बजारमा विभिन्न कम्पनीका ट्याङ्किहरु पाउन सकिन्छ । ति मध्ये नेपाटमले आफ्ना उत्पादन सबैभन्दा बढि भरपर्दो र टिकाउ भएको दावी गरेको छ ।

दुई दशक देखि नेपाली बजारमा नेपाटपले उत्पादन गरेका ट्याङ्कीहरु विक्री वितरण गर्दै आएको छ । बजारमा सर्वाधिक विक्रीहुने ट्याङकी मध्ये सबैभन्दा अगाडी नेपाटप पर्ने कम्पनीले दावी गरेको छ । नेपाटपले हाल दैनिक ३०० ट्याङकीहरु उत्पादन गर्दै आएको छ । ट्याङ्कि उत्पादनका लागि भारत चीन लगायत विभिन्न १० देशहरुबाट दैनिक ५० मेट्रिक टन कच्चा पदार्थहरु आयात गर्दै आएको छ । आयातित कच्चा पदार्थर ट्याङ्किको भन्सारदर समान हुँदा प्रतिस्पर्धा गर्न गाह्रो भएको कम्पनीले जनाएको छ ।

सुरुमा दैनिक १५ ट्याङकीहरु उत्पादन गर्ने उद्योग हाल दैनिक ३०० ट्याङकीहरु उत्पादन गर्दैआएको छ । हाल एचडीपी पाइप, पिपिसी पाइप एण्ड फिटीङस, युपिभिसी झयाल ढोकासँगै सात भन्दा बढी निर्माण सामाग्रीहरुको उत्पादन गरीरहेको कम्पनीले जनाएको छ ।

शुरुमा ट्याङकी उत्पादन गर्ने उद्धेश्यले स्थापना भएको नेपाटपले पछिल्लो समय वाटर पम्प समेत उत्पादन गर्दै आएको छ । हाल नेपालमा ३५ कम्पनीले आ आफ्ना ब्रण्डका ट्याङकी उत्पादन गर्दै आएका छन् । पिपिआर पाइपको ७० प्रतिशत बजार नेपाटमको मात्रै रहेकोक कम्पनीको छ । नेपाटपले १६ एमएम देखि ५०० एमएम सम्मका एचडीपी पाइपहरुको उत्पादन गर्दै आएको छ । कम्पनीको आगामी ३ वर्षभित्र उत्पदान हालको भन्दा ३ गुणा वृद्धिगर्ने योजना रहेको समेत बताएको छ ।