आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंकबीच सम्झौता

आइएमई जनरल इन्स्योरेन्स र नेपाल बैंकबीच सम्झौता


आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडबीच दुर्घटना बीमा तथा औषधोपचार बीमा सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल बैंक लिमिटेडका प्रमुख कर्याकारी अधिकृत देवेन्द्रप्रताप शाहले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतापश्चात बैंकले आफूना खातावाला ग्राहक महानुभावहरुलाई निःशुल्क रुपमा १० लाख बराबरको दुर्घटना बीमा र २५ हजार बराबरको औषधोपचार बीमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्रदान गरिने बताइएको छ । उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत शाहले बैंकमा नागरिक बचत खाता खोलेका र खोलिने खातावालहरुको निःशुल्क रुपमा १० लाखको दुर्घटना बीमा तथा २५ हजारको औषधोपचार बीमा हुने जानकारी दिंदै आफना ग्राहक महानुभावहरुलाई थप सेवा प्रदान गर्न आइएमई जनरल इन्स्योरेन्ससँग बीमा सेवाको लागि सम्झौता गरिएको जानकारी दिए ।

त्यसैगरी आइएमई जनरल इन्स्योरेन्स लि.का प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसँगको सम्झौताबाट कम्पनीलाई अझै आफ्नो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताउनु भयो ।