फेकाकप फुटबलमा २२ ब्वाइज टिम

फेकाकप फुटबलमा २२ ब्वाइज टिम


फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) को आयोजनामा १३औँ फेकाकप अन्तरविद्यालय फुटबल प्रतियोगिता मंसिर २० गते बिहीबारदेखि सुरु भएको छ ।

प्रतियोगितामा २२ ब्वाइज टिमको सहभागिता रहने कौस्तुभ कलेजका प्रिन्सिपल एवं प्रतियोगिता संयोजक किरणप्रकाश न्यौपानेले जनाएका छन् ।
विजेताले ३० हजार, उपविजेताले २० हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार हात पार्ने फेकाका अध्यक्ष नवराज भट्टले जानकारी दिए । गत संस्करणको उपाधि करिअर बिल्डिङ इन्टरनेसनल एकेडेमीले जितेको थियो ।

नकआउट आधारमा हुने प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख ५० हजार रुपैयाँ खर्च हुने बताइएको छ । मंसिर २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू पेप्सीकोलास्थित टाउन प्लानिङको मैदानमा हुनेछन् ।