इसाई प्रतिशोधमा साम्यवादी संलग्नता !

इसाई प्रतिशोधमा साम्यवादी संलग्नता !


  • देवप्रकाश त्रिपाठी

भक्तपुरका मल्ल राजा स्थिति मल्लले हिन्दुत्वको प्रतीकात्मक रङ रातो पृष्ठभूमिमा चन्द्र र सूर्यअङ्कित दुई त्रिकोण भएको पताका जुन प्रयोगमा ल्याएका थिए, आजको नेपालको झन्डा त्यसैको परिष्कृत रूप हो । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यकामा विजय हासिल गरेपछि उनले देशको नाम गोर्खा नराखेर नेपाल राखे र, भक्तपुरका राजाले तयार पारेकै झन्डालाई अपनाए । तर, त्यही भक्तपुर इतिहासमा इसाई धर्म प्रचारकहरूलाई स्थान र अवसर दिने पहिलो ठाउँ पनि बन्न पुगेको थियो । इसाई धर्म प्रचारकहरूले काठमाडौं उपत्यकालाई सोह्रौँ शताब्दीमै आँखा लगाइसकेका थिए र, भक्तपुरका तात्कालिक मल्ल राजाहरूलाई प्रभावमा पारेर गिर्जाघर निर्माणका साथै धर्म प्रचारको अनुमति प्राप्त गर्नसमेत उनीहरू सफल भएका थिए ।

सत्रौँ शताब्दीमा फ्य्राङ्क्वाइज फेलिक्स र एन्थोनी मेरी नाम गरेका केपुचिन पादरीहरूलाई काठमाडौंका राजा महिन्द्र सिंह र चौतारा झगल ठकुलले स्वागत गरेको, तर यहाँका ब्राह्मणहरूले परधर्मीहरूलाई राज्यमा आश्रय दिँदा देशको धर्म, संस्कृति र परम्परा नास हुन सक्ने र कालान्तरमा राजालाई समेत असर पर्ने भन्दै विरोध जनाएकोले इसाईहरू भक्तपुरतर्फ लखेटिएको व्यहोरा नेपालको इतिहासमा उल्लेख भएको पाइन्छ । काठमाडौंका अन्तिम राजा जयप्रकाश मल्लले पनि काठमाडौंमा केपुचिन पादरीहरूलाई एउटा बगैँचासहितको घर उपलब्ध गराएर धर्म प्रचार गर्न पाउने ताम्रपत्र गरिदिएका थिए । मल्ल राजवंशको आखिरीतिर उपत्यकाका तीनवटै राजाहरूले इसाईहरूलाई प्रोत्साहित गरेका हुन् ।

त्यतिबेला उपत्यकाभित्र भइरहेको हरेक गतिविधिलाई नजिकैबाट नियालिरहेका गोरखाका राजा पृथ्वीनारायण शाह काठमाडौंको मौलिक धर्म, संस्कृति र परम्परा नासिने खतरा पैदा भएबाट निकै चिन्तित थिए । त्यसैले एकीकरण अभियानका क्रममा उपत्यका हात लागिसकेपछि पृथ्वीनारायण शाहले यहाँको नाम, झन्डा, परम्परा, संस्कृति, धर्म सबै अपनाए, तर इसाईहरूलाई उपत्यकाभित्र रहन–बस्नचाहिँ दिएनन् । वि.सं. १८२५ मा काठमाडौं हात लागेपछि केपुचिन पादरीहरूलाई उनले देश निकाला गरी सबै गिर्जाघरहरू बन्द गरिदिएका थिए । त्यसयता इसाईहरूले नेपालमा जनताको धर्म परिवर्तन गराउन शाहवंशीय राजा–महाराजाहरू नै बाधक रहेको ठान्दै आएका हुन् । मौका पाउनेबित्तिकै इसाईधर्मी केही पश्चिमा मुलुक तथा ती संरक्षित पादरीहरू नेपाललक्षित कार्यक्रम अघि सार्ने गर्दथे ।

विदेशीका एजेण्डा बहन गरेबापत कुन नेताले कति ज्याला ग्रहण गरे भन्ने तथ्य विवरण दाताहरूले खाता नखोलेसम्म जानकारी हुने विषय होइन । तर, जति खाए पनि भोकै रहने हाम्रा शासक–प्रशासकहरूले बिनाज्याला विदेशीका इच्छा पूरा गरिदिएको विश्वास गर्नचाहिँ सकिँदैन ।

नेपालको हिन्दू राजाप्रति इसाईहरू बक्रदृष्टि राख्दथे र यहाँ सनातनी हिन्दू, बौद्ध, किरात र शिख धर्मावलम्बीबीचको सदभावपूर्ण एवम् सहिष्णु व्यवहारप्रति उनीहरूमा जलन थियो । यो तथ्यलाई पुष्टि गर्ने अनेकौँ घटनाक्रम नेपालमा भएका छन् । ०६२/६३ को आन्दोलन शुरु हुनुभन्दा केहीअघि बेलायतबाट नेपालका तात्कालिक श्री ५ महाराजाधिराज ज्ञानेन्द्रलाई एउटा चेतावनीपत्र आएको थियो र, पत्रमा राजामाथि इसाईधर्मीहरूप्रति असहिष्णु बनेको, उनीहरूलाई यातना दिने तथा सताउने गरेको भन्नेजस्ता आरोपहरू लगाइएको थियो । बेलायतबाट तात्कालिक राजालाई चेतावनीपत्र लेखाउने काम गोर्खातिरका कुनै रामशरण नेपाली नामक एक इसाई पादरीबाट भएको थियो ।

बेलायतकी महारानीसमक्ष ‘नेपालका राजाबाट इसाई धर्मावलम्बीहरूलाई दुःख दिने र सताउने कार्य भएको’ भन्ने व्यहोराको निवेदन पारेपछि बेलायतबाट तात्कालिक राजा ज्ञानेन्द्रलाई चेतावनीपत्र आएको थियो । यसरी चेतावनीपत्र आएको समाचार सार्वजनिक हुनुअघि नै ती रामशरण नामका इसाई नेपाल छोडेर अमेरिकातर्फ भागिसकेका थिए । जे होस्, राजाको शासनकालमा उनका विरुद्ध इसाईहरू अनेक ढङ्गले सक्रिय भएका थिए भन्ने तथ्यको एउटा दृष्टान्त हो यो ।

२०६३ को वैशाखमा राजाबाट संसद् पुनर्स्थापनाको घोषणा भएलगत्तै पृथ्वीनारायण शाहको सालिक ढालियो । उक्त घटनालाई त्यतिबेला राजा ज्ञानेन्द्रप्रतिको स्वाभाविक आक्रोशका रूपमा लिइएको थियो । तर, समयाक्रममा सो घटना तात्कालिक आक्रोशको परिणाम नभई नियोजित भएको पुष्टि हुँदै छ । पृथ्वीनारायण शाहले साढे दुई शताब्दीअघि नेपालबाट पादरीहरूलाई देश निकाला गरेको बदलास्वरूप उनको सालिकमाथि प्रथम आक्रमण भएको तथ्योद्घाटन घटनाक्रमहरूले गर्दै छ ।

ईश्वरको नाममा कसम नखाएर क्रान्तिकारिता जोगाउनेहरू, परम्पराअनुसार आफ्नी आमाको क्रिरियाकर्म नगरेर प्रगतिशील बनेको प्रमाणित हुन खोज्नेहरू इसाईमाताको पाउमा छाँद हालेर ‘हलेल्लुलाह’ भन्न किचकिचाउँदा रहेनछन् । माक्र्सले धर्म अफिम हो भनिरहँदा उनलाई पूर्वीय दर्शन र सनातन धर्मबारे ज्ञान भएको बुझिँदैन । धर्म भनेकै इसाई हो भन्ने माक्र्सको बुझाइ थियो, त्यसैले धर्म अफिम हो भनेर उनले घोषणा गरिदिएका हुन सक्छन् ।

राजनीतिक परिवर्तनको पहिलो दिन पृथ्वीनारायण शाहको सालिक ढालिनु, त्यसपछि संविधान जारी हुनुभन्दा आठ वर्ष पहिले नै राजसंस्था विस्थापनको घोषणा गरिनु, हिन्दूराज्यको पहिचान मेटेर कपटपूर्ण तरिकाले धर्मनिरपेक्ष बनाइनु, जातीय एवम् क्षेत्रीय सद्भावमा टिकेको नेपालको अस्तित्वलाई जगैदेखि ध्वस्त गर्नका निम्ति क्षेत्रीयतावाद र जातिवाद प्रोत्साहित हुने सङ्घीयतालाई बलजफ्ती प्रवेश गराउनुले पश्चिमा इसाईहरू कति सूक्ष्म र सशक्त ढंगले नेपालमा क्रियाशील थिए–छन् भन्ने स्पष्ट गर्दछ ।

काङ्ग्रेस आफैँ धर्मनिरपेक्षता, गणतन्त्र र सङ्घीयताजस्ता मुद्दा बोक्न खोज्ने या बोक्न सक्ने राजनीतिक समूहमा पर्दैनथ्यो । त्यसैले कम्युनिस्ट पार्टीमार्फत एजेण्डा प्रवेश गराउने र कम्युनिस्टमार्फत आएका एजेण्डा काङ्ग्रेस नेतृत्वलाई स्वीकार गराउने काम २०६२ सालमा ‘कुशलतापूर्वक’ सम्पन्न गरियो । विदेशीका एजेण्डा बहन गरेबापत कुन नेताले कति ज्याला ग्रहण गरे भन्ने तथ्य विवरण दाताहरूले खाता नखोलेसम्म जानकारी हुने विषय होइन । तर, जति खाए पनि भोकै रहने हाम्रा शासक–प्रशासकहरूले बिनाज्याला विदेशीका इच्छा पूरा गरिदिएको विश्वास गर्नचाहिँ सकिँदैन । क्रान्तिका नाममा कम्युनिस्टले धर्मनिरपेक्षता बोके, पोर्टेबल एफएम स्टेसन र स्याटलाइट फोनचाहिँ नर्वेलगायतका युरोपेली मुलुकहरूबाट प्राप्त गरे । त्यसबेला भारतमा इसाईधर्मी सोनियाहरूको राज भएकोले पश्चिमा इसाईहरूलाई नेपालमा काम गर्न त्यति असहजता थिएन । इसाईहरूको संरक्षण र सहयोगमा हुर्किएको माओवादी युद्धकालमा मन्दिर भत्काउने, धर्मगुरुको हत्या गर्ने, नेपाली मौलिक संस्कृति एवम् परम्पराविपरीतका क्रियाकलाप गर्ने तर चर्चहरूमाथि संरक्षकको व्यवहार गर्ने काम किन हुन्थ्यो भन्ने तथ्यबारे केही जानकारी केबी रोकाया दिँदै छन्, बाँकी कम्युनिस्ट नेता र तिनको सरकारले व्यवहारबाट छर्लङ्गै पारिदिएको छ ।

पाँचौँ शताब्दीमा युरोपमा भएको मज्दाक आन्दोलनलाई पनि साम्यवादी आन्दोलन भनिन्थ्यो । जिसस क्राइस्टका सूत्रहरूमा आधारित भएर गरिने साम्यवाद स्थापनाको परिकल्पनालाई क्रिस्चियन कम्युनिज्म भनिन्छ, जसले निजीकरण र उदार अर्थनीतिविरुद्धको अवधारणा राख्दछ । सत्रौँ शताब्दीमा इङ्ल्यान्डमा प्युरिटन धार्मिक समूह क्रियाशील थियो । जुन समूहलाई डिगर्सको नामले पनि चिनिन्थ्यो, उनीहरू निजी सम्पत्ति राख्न पाउने मान्यताका विरुद्ध थिए । क्रिस्चियन धर्ममा आधारित साम्यवाद स्थापनार्थ अभियान चलाउने प्युरिटन धार्मिक समूह जमिनमा कसैको स्वामित्व रहनुहुँदैन भन्दै अभियान चलाउँथे ।

केही समयअघि कम्युनिस्ट अर्थमन्त्री युवराज खतिवडाले जमिनको स्वामित्व खोस्नुपर्ने विचार सार्वजनिक गर्नु र प्रचण्डले कुनै कार्यक्रममा कम्युनिस्ट र क्रिस्चियनबीच धेरै समानता छ भनी सार्वजनिक अभिव्यक्ति दिनुले प्युरिटनहरूको विचारअनुरूप नेपालका कम्युनिस्टहरू क्रियाशील भएको सङ्केत दिएको छ । माओवादीको हिंसात्मक सङ्घर्ष नयाँ जनवादी राज्यसत्ताका निम्ति भनिएको थियो, तर उक्त सङ्घर्ष नेपाल विघटनको निम्ति रचिएको एउटा कपटपूर्ण चालबाजी भएको तथ्य परिणामहरूले दर्शाइरहेको छ ।

कम्युनिस्टले स्थापना गरेको सङ्घीय, धर्मनिरपेक्ष, गणतन्त्रको रक्षा सनातनीहरूको पतन र इसाईहरूको उत्थानबाट मात्र हुन सक्छ भन्ने बुझाइ कम्युनिस्ट नेताहरूको हो भने त्यो पूरै गलतचाहिँ होइन । कम्युनिस्टलाई अघि लगाएर क्रिश्चियनहरू बहुमतमा पुग्छन् र त्यसपछि कम्युनिस्टलाई पनि उनीहरूले नै नामेट तुल्याउँछन् भन्ने तथ्यबोध साम्यवादी द्रव्यप्रेमीहरूलाई अहिले भइरहेको छैन ।

ईश्वरको नाममा कसम नखाएर क्रान्तिकारिता जोगाउनेहरू, परम्पराअनुसार आफ्नी आमाको क्रिरियाकर्म नगरेर प्रगतिशील बनेको प्रमाणित हुन खोज्नेहरू इसाईमाताको पाउमा छाँद हालेर ‘हलेल्लुलाह’ भन्न किचकिचाउँदा रहेनछन् । माक्र्सले धर्म अफिम हो भनिरहँदा उनलाई पूर्वीय दर्शन र सनातन धर्मबारे ज्ञान भएको बुझिँदैन । धर्म भनेकै इसाई हो भन्ने माक्र्सको बुझाइ थियो, त्यसैले धर्म अफिम हो भनेर उनले घोषणा गरिदिएका हुन सक्छन् । अफिमझैँ मोलमोलाईबाट धर्म खरिद–बिक्री हुने हुनाले पनि माक्र्सले भनेझैँ इसाई धर्म अफिम नै भएको भान धेरैलाई परेको छ । पूर्वीय दर्शन र सनातन धर्मको ज्ञान भइदिएको भए माक्र्स या त ठूला सन्त बन्न सक्थे या इसाई धर्म मात्र अफिम भएको घोषणा उनीबाट हुन सक्थ्यो ।

माक्र्सको समयतिरै नेपालमा पृथ्वीनारायण शाहको देश एकीकरण अभियान चल्दै थियो र उनी भन्दै थिए, ‘धर्म–संस्कृतिको नास भयो भने राज्य नास हुन्छ ।’ सनातन धर्मबाट दीक्षित भएकोले बडामहाराजाधिराज पृथ्वीनारायण शाहमा धर्म–संस्कृतिको महत्वबारे ज्ञान थियो । त्यसैले नेपालीहरूको आफ्नो मौलिक धर्म, परम्परा र संस्कृतिको संरक्षणमा उनले अधिक चासो दिए । पृथ्वीनारायण शाहले नेपाल सबै जातजातिको साझा फूलबारी भएको सन्देश दिएका थिए, माओवादीको बुई चढेर पराया एजेण्डा भित्रिँदा यहाँ जातैपिच्छेको बेग्लाबेग्लै ‘बारी’ बनाउने अभ्यास चलिरहेको छ । पृथ्वीनारायणले नेपाल दुई ढुङ्गाबीचको तरुल भएको बताएर दुवैतर्फका छिमेकीहरूसँगको मित्रवत् एवम् सन्तुलित सम्बन्धले मात्र नेपालको अस्तित्व रक्षा हुने युगान्तकारी सन्देश दिएका हुन् । तर, यहाँ देशलाई इसाईकरण गरेर दुवैतर्फका छिमेकीहरूलाई बिच्क्याउने काम कम्युनिस्टहरूबाट भइरहेको छ ।

नेपाललाई इसाईकरण गर्ने कार्यले चीन र भारतलाई दुःखी र कुन्नि क–कसलाई प्रसन्न तुल्याउँछ भन्ने कम्युनिस्ट नेताहरूले बुझ्न बाँकी भए पनि आमनेपाली यसबारे जानकार छन् । कम्युनिस्टले स्थापना गरेको सङ्घीय, धर्मनिरपेक्ष, गणतन्त्रको रक्षा सनातनीहरूको पतन र इसाईहरूको उत्थानबाट मात्र हुन सक्छ भन्ने बुझाइ कम्युनिस्ट नेताहरूको हो भने त्यो पूरै गलतचाहिँ होइन । कम्युनिस्टलाई अघि लगाएर क्रिश्चियनहरू बहुमतमा पुग्छन् र त्यसपछि कम्युनिस्टलाई पनि उनीहरूले नै नामेट तुल्याउँछन् भन्ने तथ्यबोध साम्यवादी द्रव्यप्रेमीहरूलाई अहिले भइरहेको छैन । नेपाललाई आफ्नो सुरक्षित अखडाको रूपमा भारत र चीनका विरुद्ध प्रयोग गर्न यहाँ इसाईकरण अनिवार्य मानिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मात्र होइन, चीनका राष्ट्रपति सी जिन पिङले समेत एसियामा बढ्दो इसाईकरणप्रति चिन्ता प्रकट गरिरहेका बेला नेपालका कम्युनिस्टहरू ‘इसाई प्रमोसन’ मा लाग्दा दुई छिमेकीहरूले नेपालसँग भविष्यमा कस्तो व्यवहार गर्लान् भन्ने चिन्तासहितको प्रश्न उत्पन्न भएको छ ।

साढे दुई शताब्दीअघि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले देशका पक्षमा चाल्नुभएको कदमबाट आहत हुन पुगेकाहरूले प्रतिशोधका लागि अपनाएको रणनीतिक चालबाजीलाई नेपालका कम्युनिस्टहरूले क्रान्तिकारिताको जलप लगाएर वैधानिकता दिएका छन् ।

माओवादी युद्ध रहस्यमयी भएको र प्रचण्डहरू निजी महत्वाकाङ्क्षा पूरा गर्न देशलाई नै दाउमा राख्न तयार रहेको तिनका अभिव्यक्ति र व्यवहारले दर्शाउँदै आएको हो । हिंसात्मक युद्धकालमा कुन देश र कुन इसाई मसिनरी माओवादीसँग कसरी जोडिएको थियो भन्ने पर्दा खुलेका कारण प्रचण्डहरूबाट देशका पक्षमा कुनै सकारात्मक कार्य हुने ठानिएको छैन । भइहाल्यो भने चमत्कार भएको मानिनेछ । एमालेलाई एनजीओ–आईएनजीओसम्बद्ध पार्टी भन्ने गरिए पनि पण्डितपुत्र माधवकुमार नेपालजस्ता नेताहरूबाट इसाई प्रोत्साहन गर्ने कार्य हुँदैन भन्ने विश्वास गरिएको थियो ।

दक्षिण कोरियाली धनाढ्य इसाई महिला (हाक जा हान मुन)को धर्म प्रचारक संस्थासँग उनको लामो समयदेखि आबद्धता रहेको व्यहोरा सार्वजनिक हुँदा धेरै नेपालीलाई दुःख लागेको छ । उनले आफ्नै आमाको किरियाकर्म नगर्नुलाई समेत चर्चसँगको आबद्धताका रूपमा अर्थ लगाउन थालिएको छ । प्रचण्डहरू ‘एक्स्पोज्ड’ पात्र र त्यसमा माधवकुमार नेपाल थपिए पनि केपी शर्मा ओलीप्रति आमनागरिकको बेग्लै भरोसा र सम्मानभाव थियो । इसाई उत्सव (२०१८) मा सरकारलाई औपचारिक रूपले सहभागी गराएपछि केपी ओलीको राष्ट्रवादी छविमा मात्र धक्का पुगेको छैन, कुनै पनि कम्युनिस्ट नेताहरू देशप्रति कति इमानदार छन् भन्ने आशङ्कासमेत यसले जन्माएको छ ।

यद्यपि, युनिफिकेसन चर्चको कार्यक्रममा सहभागी हुने पहिलो प्रधानमन्त्री केपी ओली होइनन् र उनले सहभागी भएर व्यक्त गरेको विचारमा पनि खोट लगाउने ठाउँ भेटिँदैन । तर, केपीबाट अलिक भिन्न र विशिष्ट भूमिकाको अपेक्षा गरिएकोले उनीप्रति निराशा बढेको छ । केपीजत्तिका नेताले यस्ता गतिविधिलाई ‘रेस्पन्स’ गर्न आवश्यक थिएन भन्ने आमबुझाइ हो । साढे तीन दशकअघि प्रचण्डहरूको कम्युनिस्ट पार्टी नेपालमा चीनविरोधी दिवस मनाउँथ्यो र अमेरिकामा तयार पारेर छापिएका रातो गाताका चीनविरोधी पुस्तकहरू निःशुल्क वितरण गर्ने गर्दथ्यो । त्यसताक चिनियाँ र अङ्ग्रेजी भाषामा छापिएका पुस्तकहरू चीनसम्म पु¥याउन पनि प्रचण्डहरूको प्रयोग भएको हो । यस अर्थमा प्रचण्ड र उनको समूहको पश्चिमा ‘कनेक्सन’ पुरानै मान्न सकिन्छ । यसरी प्रचण्डहरू चीनविरुद्ध सक्रिय रहँदा पनि माधव नेपालहरूको दल चीनलाई समाजवादी देश मान्थ्यो र निकटता दर्शाउँथ्यो ।

कतिपय नेपाली दाजुभाइहरू आफ्नो आँगनमा उम्रिएको तुलसीसँग वैरभाव राख्ने र ‘क्रिसमस ट्री’लाई सुमसुम्याउने जुन गल्ती गर्दै छन्, त्यस्तो व्यवहारले नेपालको रक्षा गर्न सहयोग पुऱ्याउँदैन । जब हरेक नेपाली हिन्दू धर्मावलम्बीले बौद्ध र किरातलगायतका धर्मलाई आफ्नै मान्छन् भने किरात र बौद्धमार्गीहरूले चाहिँ सनातनी हिन्दूलाई पराया र परायाभूमिबाट आयातीत क्रिश्चियानिटीप्रति अपनत्व दर्शाउनुपर्ने कुनै कारण हुन सक्छ र ?

चीनको आलोचनात्मक भूमिकामा नेकपा ‘माले–एमाले’ कहिल्यै नदेखिएको हुँदा ‘एमाले’ नेताहरू इसाई मसिनरीसँग असम्बन्धित ठानिन्थे । तर, माधव नेपालहरू कुहिरो फाटेपछिको बूढो रूखझैँ छर्लङ्ग आफ्नो सक्कली रूपमा देखापरेका छन् । केपी शर्मा ओलीसमेत इसाईनिकट बन्नुको कारण जेसुकै बताइए पनि उनको व्यवहारले आमनेपालीलाई दुःखी तुल्याएको छ । इसाईहरूलाई प्रोत्साहित गर्दा ‘हिन्दुत्व’ कमजोर हुने र प्राप्त राजनीतिक सत्ता सुरक्षित बन्ने ठानिएको हो भने यो केपी ओलीको अन्तिम गम्भीर भूल सिद्ध हुन सक्दछ ।

देश गरिब भएकोमा हामी हरेक नेपालीलाई पीडाबोध हुँदै आएको हो । विदेशका विमानस्थलहरूमा नेपाली पासपोर्ट सानका साथ प्रस्तुत गर्ने दिन कहिले आउला भन्ने छटपटी हामी सबैमा विद्यमान छ । देश गरिब भएकोमा भन्दा गहिरो पीडा यतिबेला भइरहेछ जब कम्युनिस्ट शासकहरूले आफ्नो दरिद्र मानसिकता विश्वव्यापी बनाए । एकताक क्रान्तिका नाममा बेबकुफ बनाइएका हामी नेपाली यसबीचमा शान्तिका नाममा बेबकुफ बनाइयौँ, अब समृद्धिका नाममा बेवकुफ बनाइने क्रमारम्भ भएको छ । साढे दुई शताब्दीअघि राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले देशका पक्षमा चाल्नुभएको कदमबाट आहत हुन पुगेकाहरूले प्रतिशोधका लागि अपनाएको रणनीतिक चालबाजीलाई नेपालका कम्युनिस्टहरूले क्रान्तिकारिताको जलप लगाएर वैधानिकता दिएका छन् ।

यदि यसप्रकारको कुटिल प्रयासहरूलाई निस्तेज तुल्याउन सकिएन भने पहिलो चरणमा हाम्रो धर्म, संस्कृति र परम्परा गुम्ने, त्यसपछि देशको अस्तित्व नै मेटिनेमा शङ्का गर्नुपर्ने हुँदैन । कतिपय नेपाली दाजुभाइहरू आफ्नो आँगनमा उम्रिएको तुलसीसँग वैरभाव राख्ने र ‘क्रिसमस ट्री’लाई सुमसुम्याउने जुन गल्ती गर्दै छन्, त्यस्तो व्यवहारले नेपालको रक्षा गर्न सहयोग पुऱ्याउँदैन । जब हरेक नेपाली हिन्दू धर्मावलम्बीले बौद्ध र किरातलगायतका धर्मलाई आफ्नै मान्छन् भने किरात र बौद्धमार्गीहरूले चाहिँ सनातनी हिन्दूलाई पराया र परायाभूमिबाट आयातीत क्रिश्चियानिटीप्रति अपनत्व दर्शाउनुपर्ने कुनै कारण हुन सक्छ र ?

समयमै सचेत बनौँ, देशको रक्षा गरौँ ।

यो पनि पढ्नुहोस्–

इसाई खतराबाट अब कसरी जोगिने ?
https://ghatanarabichar.com/97476