दश वर्षको रेकर्ड तोड्दै लुकाले जिते ‘बलोन डी’ अवार्ड

दश वर्षको रेकर्ड तोड्दै लुकाले जिते ‘बलोन डी’ अवार्ड


क्रोएसिया राष्ट्रिय फुटबल टिमका कप्तान लुका म्याड्रिचले फुटबलको चर्चित ‘बलोन डी’ अवार्ड जितेका छन् । लुकाले यो अवार्ड जित्न रोनाल्डो, ग्रिजमेन र एम्बाप्पेलाई पछि पारेका थिए । यो अवार्डको दौडमा रोनाल्डो दोस्रो, ग्रिजमेन तेस्रो, एम्बाप्पे चौथो र मेसी पाँचौँ स्थानमा रहेका थिए ।

‘बलोन डी’ जितेपछि प्रसन्न मुद्रामा देखिएका लुकाले यो आफ्नो लागि गर्वको कुरा भएको बताए । ‘जब म बच्चा थिएँ, ठूलो भएपछि ठूलो क्लबबाट खेलेर ‘बलोन डी’ सपना देखेको थिएँ, अहिले त्यो सपना पूरा भएको छ, ज्यादै खुसी छु,’ लुकाले भनेका छन् ।

लुका यो अवार्ड जित्ने पहिलो क्रोएसियाली खेलाडी हुन् । लुकाले यो अवार्ड जितेपछि पछिल्लो दश वर्षको रेकर्ड पनि तोडिएको छ । पछिल्लो दश वर्षमा मेसी र रोनाल्डोबीचमै यो अवार्ड सीमित बनेको थियो । मेसी र रोनाल्डोले यो अवार्ड पाँच–पाँचपटक जितिसकेका छन् ।

मिडफिल्डर लुका रियल म्याड्रिडबाट खेल्दै आएका छन् । लुकाले अहिलेसम्म अन्तर्राष्ट्रिय र क्लब फुटबलवाट ८८ गोल गरेका छन् । ३३ वर्षीय लुकाले गत वर्ष सम्पन्न विश्वकपमा आफ्नो कप्तानीमा क्रोएसियालाई फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका निभाएका थिए । त्यस्तै, च्याम्पियन लिगमा आफ्नो क्लब रियल म्याड्रिडलाई उपाधि जिताउन पनि लुकाको महत्वपूर्ण योगदान रहेको थियो ।