क्यान्सरलाई पराजित गर्दै स्वदेश फर्किइन् सोनाली

क्यान्सरलाई पराजित गर्दै स्वदेश फर्किइन् सोनाली


बलिउडकी प्रख्यात एवम् सुन्दरी कलाकार सोनाली बेन्ड्रे क्यान्सरको उपचारपछि अमेरिकाबाट मुम्बई फर्किएकी छिन् । स्वास्थ्यमा राम्रो सुधारपछि सोनाली न्युर्योकबाट सोमबार विहान सबेरै इण्डिया फर्किएको सन्दर्भलाई भारतीय मिडियाले महत्वका साथ प्रसारण गरेका छन् ।

सोनालीका श्रीमान् गोल्डी बेहललाई उद्धृत गर्दै जनाइएअनुसार सोनालीको स्वास्थ्यमा राम्रो सुधार भएको र अब थप उपचारको लागि उनी न्युयोर्क जानु नपर्ने भएको छ । करिब ६ महिनादेखि सोनाली राम्रो होस् भन्ने चाहना राख्ने सबैलाई उनी राम्रो भएको खबर गर्न चाहेको बेहलले बताएका छन् ।

यस अवधिमा सोनालीप्रति सबैले देखाएको माया र समर्थनको लागि उनले धन्यवाद दिएका छन्। सोनालीको उपचार पूरा भएको र अब उनी पूर्ण रुपमा स्वस्थ भएकी बेहलले दाबी गरेका छन् । सोनाली बलियो आत्मबल भएकी महिला भएकीले उनीप्रति आफूलाई गर्व रहेको भन्दै उनले उपचारपछि घर फर्काउन पाएकोमा खुशी व्यक्त गरेका छन् ।