राष्ट्रियताको प्रतीकात्मक अभिवादन ‘जय नेपाल’

राष्ट्रियताको प्रतीकात्मक अभिवादन ‘जय नेपाल’


– इन्द्रबहादुर बराल

अभिवादन ‘जय नेपाल’ आफैँमा एउटा महत्वपूर्ण अभिवादन हो । जुन अभिवादनमा राष्ट्रियता झल्कन्छ । तर, करिब ३० वर्षअघिसम्म जय नेपालको अभिवादन गर्नेहरूलाई अराष्ट्रिय र असामाजिक तत्वको रूपमा लिइन्थ्यो । त्यसबखतको के निर्दलवादी के एक दलवादी दुवै पक्षबाट ‘जय नेपाल’को अभिवादन गर्ने प्रतिबन्धित नेपाली काङ्ग्रेसका कार्यकर्तामाथि भौतिक आक्रमण मात्रै होइन, देशद्रोहीको अभियोगमा जेल हाल्ने काम गरिन्थ्यो । इतिहासको जानकारी नराख्ने अहिलेका नवयुवालाई यो सुन्दा र पढ्दा आश्चर्य लाग्न सक्छ । यसर्थ, ‘जय नेपाल’ अभिवादनबारे जानकारी होस् भनी उक्त शीर्षक रोजिएको हो ।

नेपालीहरूलाई रैती बनाएर आफू मात्रै मालिक बनी एकक्षत्र जहानियाँ शासन चलाएको राणा परिवारलाई नष्ट गर्ने अभिवादन वास्तवमा ‘जय नेपाल’ नै हो । जय नेपालमा नेपाली राष्ट्रियताको प्रतीकात्मक भावना दह्रो ढङ्गले रहेको थियो र छ । त्यसैले बेलामौकामा नेपाली काङ्ग्रेसले नारा लगाउने गर्दछ ‘नेपालआमा ब्युँझिन्छिन् जय नेपालको नाराले ।’ नेपाली काङ्ग्रेसले अभिवादन गर्दा जय नेपालको प्रयोग किन र कसरी गऱ्यो भन्ने विषयमा पनि धेरैलाई थाहा नहुन सक्छ ।

काङ्ग्रेसको सामान्य इतिहासको जानकारी राख्नेहरू भने अवश्य पनि ‘जय नेपाल’ अभिवादनको उत्पत्तिबारे पक्कै अनभिज्ञ छन् भन्न मिल्दैन । तथापि पङ्क्तिकारले बुझेसम्म जय नेपाल अभिवादनको चलन २००७ सालको क्रान्तिपूर्व नेपाली काङ्ग्रेसले भूमिगत राजनीतिमा एउटा काङ्ग्रेसले अर्को काङ्ग्रेसलाई चिन्न सजिलो होस् भनेर गोप्य अभिवादन प्रारम्भ गरेको हो । आजपर्यन्त नेपाली काङ्ग्रेसले आफ्नो त्यो उत्पत्तिलाई निरन्तरता दिइराखेको छ । जुन अभिवादनले राष्ट्रियताको भावनात्मक सन्देश प्रवाह गरिराखेको छ ।

यदाकदा ‘जय नेपाल’को अभिवादनमा ग्रहण लाग्ने गर्दछ । अहिले जय नेपालको अभिवादन गर्नेहरूमा केही ग्रहण लागेर आज विदेशी अभिवादन ‘लालसलाम’ हावी भएको छ, जुन अभिवादनले राष्ट्रियताको कुनै पनि प्रतीकात्मक सन्देश प्रवाह गर्दैन ।

यद्यपि जय नेपाल शब्दसँग दुश्मनी राख्नेहरू पञ्चायतकालमा मात्रै होइन बहुदलकालदेखि गणतन्त्रकालसम्म पनि छँदै छन् । वास्तवमा जय नेपाल भन्ने शब्दसँग कुनै दुश्मनी राख्नुपर्ने त्यस्तो कुनै कारण छैन । यहाँ आफ्नै माटोबाट जन्मेको जय नेपाल अभिवादनभन्दा विदेशी नेता र आयातीत अभिवादनलाई प्राणभन्दा प्यारो मान्नेहरूको सङ्ख्या निकै पाइन्छ र भन्ने गर्दछन्, ‘लालसलाम’ । शब्दलाई मात्रै हेर्ने हो भने लाल भन्ने शब्द नेपाली हुँदै होइन र त्यस्तै सलाम पनि नेपाली मौलिक शब्द होइन जुन अभिवादनले नेपाली राष्ट्रियताको प्रतीकात्मक सन्देश पनि प्रवाह गर्दैन । तर, आज त्यही विदेशीहरूले प्रयोग गर्ने ‘लालसलाम’को अभिवादन प्यारो छ । कहिलेकाहीँ लालसलाम भन्न अप्ठ्यारो लागेर हो कि हो ‘अभिवादन’ मात्रै भन्ने गरेको पनि पाइन्छ । तर, अभिवादन मात्रैले त्यसको सार प्रस्टै गर्दैन । कि त भन्नुपऱ्यो जय नेपालको अभिवादन कि त लालसलामको अभिवादन । अनि मात्र अभिवादन भन्ने शब्दको पूर्ण अर्थ र सार राख्दछ । यहाँ जय नेपाल भन्नेबित्तिकै काङ्ग्रेसी अभिवादन भन्ने बुझिन्छ भने लालसलाम भन्नासाथ कम्युनिस्ट । यसरी उक्त दुई पार्टीको चिनारी वा परिचय अभिवादनको माध्यमबाट चिन्ने गरिन्छ ।

नेपालमा अधिकांश मानिसमा ती दुई अभिवादनको प्रारम्भ कसरी र कुन कारणले गरियो भन्ने सामान्य जानकारी नहुन पनि सक्छ । यसकारण पनि राष्ट्रियताको प्रतीकात्मक अभिवादन जय नेपालको विषयमा सामान्य चर्चा गर्ने जमर्को गरिएको हो । साथसाथै ‘लालसलाम’को सम्बन्धमा पनि केही बहस प्रारम्भ गर्न आवश्यक देखियो ।

ती दुई अभिवादन ‘जय नेपाल र लालसलाम’मध्ये कुन अभिवादनले नेपालको आफ्नोपन र मौलिकता झल्काउँछ भन्ने कुरामा ती अभिवादन आफैँ काफी छन् । यदि नेपाली काङ्ग्रेसले जय नेपालको क्रान्तिकारी नाराको माध्यमबाट १०४ वर्षे जहानियाँ राणा शासनको जरा नउखेलेको भए आज नेपाली यहाँसम्म आइपुग्न सक्ने थिए कि थिएनन् भन्ने प्रस्ट भन्न सकिने अवस्था हुने थिएन । त्यही जय नेपालको अभिवादनको आड र भरोसा गरिएको सङ्गठनले पिँजडामा रहेको नाम मात्रको राजालगायत आमनेपाली जनतालाई रैतीबाट नागरिक बनाएको इतिहास स्वर्ण अक्षरले लेखिएको छ । यदाकदा ‘जय नेपाल’को अभिवादनमा ग्रहण लाग्ने गर्दछ । अहिले जय नेपालको अभिवादन गर्नेहरूमा केही ग्रहण लागेर आज विदेशी अभिवादन ‘लालसलाम’ हावी भएको छ, जुन अभिवादनले राष्ट्रियताको कुनै पनि प्रतीकात्मक सन्देश प्रवाह गर्दैन ।

अब राष्ट्रियताका बारेमा पनि केही चर्चा गर्न आवश्यक छ । पञ्चायतकालको ३० वर्ष पनि राष्ट्रियता र राष्ट्रवादको शाब्दिक जालझेलमा बित्यो । गणतन्त्र नेपालको संविधान २०७२ जारी गर्दाको अघि र पछि पनि नाकाबन्दीको अवधिभर राष्ट्रवादको हावा तीव्र गतिमा अघि बढ्यो मानौँ नेपालको सन्दर्भमा राष्ट्रवाद भनेको छिमेकीले नेपाललाई नाकाबन्दी लगाउनु हो । छिमेकीले नाकाबन्दी लगाइदिएर नेपालका प्रधानमन्त्री केपी शर्मा ओली महान् राष्ट्रवादीजस्ता देखिन पुगे । तर, नाकाबन्दीले रातारात राष्ट्रवादी बनेका प्रधानमन्त्री ओलीको राष्ट्रवादको जामा क्रमशः फुस्कँदै गयो । गण्डकी, कोसी सम्झौताको विषय उठान गरेर आफ्नो अस्तित्व खडा गरेका नेपालका मूल आधारका कम्युनिस्टहरूले महाकाली (टनकपुर) सन्धि र अरुण तेस्रो भारतलाई किस्तीका राखेर दिएपछि उनीहरूको राष्ट्रवादको जामा फुत्त खसेन ?

राष्ट्र भनेको जनता वा नागरिक हो । नागरिकको सुख र समृद्धिको लागि गरिने प्रयत्न नै राष्ट्रवादको द्योतक हो । राष्ट्रवाद वा राष्ट्रियताको भ्रमपूर्ण प्रचारले न मुलुकवासी सुखी हुन सक्छन् न देश नै समृद्ध हुन्छ ।

त्यसैले राष्ट्र, राष्ट्रियता र राष्ट्रवाद भनेको के हो पहिले त्यसबारे प्रस्ट हुनुप¥यो । केवल शब्दजालले मात्रै त्यसको व्याख्या पूर्ण हुँदैन । राष्ट्रवादको मूल आधार भनेको राष्ट्र हो अनि राष्ट्रियता हो । राष्ट्र–राष्ट्रियताका आधार के–के हुन् र ती आधारमा हेर्ने र बुझ्ने दृष्टिकोण राष्ट्रवाद हो । सर्वसाधारण नेपालीले बुझ्ने भाषामा राष्ट्र, राष्ट्रियता र राष्ट्रवादको परिभाषा गरिनुपर्छ । ‘आफू भलो त जगत् भलो’ भन्ने हिसाबले राष्ट्र, राष्ट्रियता र राष्ट्रवादको व्याख्याले नेपाली राष्ट्रियता मजबुत बनाउन सकिँदैन ।

हुन त राजनीतिक दर्शनका हिसाबले कम्युनिस्टहरू राष्ट्रवादी हुन सक्दैनन् । किनकि कुनै पनि भूगोलको सीमाले उनीहरूलाई (कम्युनिस्टहरू) छेक्दैन । ग्लष्तभ तजभ धयचपभच या तजभ धयचमि अर्थात् विश्वका कमजदुर एक हौँ भन्ने दर्शनका उपजहरूले आज राष्ट्रवादका कुरा गरिराखेका छन् । राजनीतिक र सैद्धान्तिक हिसाबले हास्यास्पद यसै पनि छ । जे होस्, बिस्तारै कम्युनिस्ट दर्शन अर्थात् माक्र्स, लेनिन र माओ विचारधाराबाट उनीहरूको मोह भङ्ग हुनुले अब लोकतान्त्रिक मूल्य र मान्यताको महत्व र आवश्यकता बढ्दै गएको छ । यसको पछाडि शैक्षिक जागरण चेतनाले काम गरेको छ भन्ने प्रस्ट हुन्छ ।

तथापि कहिलेकाहीँ कम्युनिस्टहरू झलक्क पुरानै प्रभावबाट अन्योलग्रस्त देखिन्छन् । वैचारिकताको अलमलले गर्दा यदाकदा कुहिरोको काग बन्ने गर्दछन् कम्युनिस्टहरू । त्यसैले बाटो बिराएको अवस्थामा जय नेपालको अभिवादनले गति प्रदान गर्दछ । सर्वहाराको, मजदुर र किसान अनि शोषित, पीडित कुनै पनि जनताको मुक्तिको लागि भूगोलको सीमाले छेक्न सक्दैन भन्नेहरू आज राष्ट्रियता र राष्ट्रवादको चर्को कुरा गर्दै छन् जुन लोकतन्त्रवादीको लागि आफैँमा सकारात्मक छ ।

सङ्क्षेपमा भूगोल, जनसङ्ख्या, धर्म–संस्कृति, प्राकृतिक स्रोतसाधन आदिको सम्मिश्रण नै राष्ट्रियता हो भने त्यसलाई हेर्ने दृष्टिकोण राष्ट्रवाद हो । अर्थात् राष्ट्र भनेको जनता वा नागरिक हो । नागरिकको सुख र समृद्धिको लागि गरिने प्रयत्न नै राष्ट्रवादको द्योतक हो । राष्ट्रवाद वा राष्ट्रियताको भ्रमपूर्ण प्रचारले न मुलुकवासी सुखी हुन सक्छन् न देश नै समृद्ध हुन्छ । सुखी नेपाली समृद्ध नेपाल निर्माणको लागि राष्ट्रियताको प्रतीकात्मक अभिवादन जय नेपालमा आबद्ध वा एकताबद्ध हुन सके निःसन्देह नेपालीहरूको बलिदानीबाट प्राप्त उपलब्धिहरूको रक्षा हुन सक्छ । अतः राष्ट्रियताको प्रतीकात्मक अभिवादन जय नेपालको गुञ्जनलाई आत्मसात् गरौँ, यसैमा सुखी नेपाली समृद्ध नेपालको सपना साकार हुन सक्छ ।