तपाईंको यो साता (राशिफल, १२-१८ मंसिर ०७५)

तपाईंको यो साता (राशिफल, १२-१८ मंसिर ०७५)


ज्यो. पं. नारायणप्रसाद दुलाल

मेष
मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । साताको अन्त्यबाट समाजसेवाका कामबाट लाभ हुनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । कुनै नयाँ ठाउँमा लगानीको वातावरण बन्नेछ । यो साताका लागि शुभअङ्क ५ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरणगरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।
वृष
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । साताको अन्त्यमा लाभ र अवसरबाट वन्चित रहनु पर्ला । यो साताका लागि शुभअङ्क ४,८ र शुभरङ्ग घिउरङ्ग वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

मिथुन
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ । वैदेशिक क्षेत्रबाटपनि सफलता मिल्नेछ । नोरञ्जनमा सहभागीता भइएला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । यो साताका लागि शुभअङ्क ३,८ र शुभरङ्ग सुन्तला वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो इष्टदेवताको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट
रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आफन्त र साथीभाइबाट प्राप्त हुनेछ । साताको अन्त्यबाट कार्यक्षेत्रमा अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । यो साताका लागि शुभअङ्क ४,७ र शुभरङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

सिंह
सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । आकस्मिक धन हानी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि नपाइएला । साताको पहिलोदिनबाट नयाँ कारोबार वा साथीभाइबाट बढी फाइदा लिने समय छ । शैक्षिकस्तरमा प्रगति हुनेछ । यो साताका लागि शुभअङ्क २,५ र शुभरङ्ग हरियो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वरुण भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या
यो सातामा नयाँ काम वा रोजगार पाईनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । साताको अन्त्यबाट कल्पना र भावनामा केन्द्रित भइदिनाले काममा ढिलासुस्ती हुनेछ । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । यो साताका लागि शुभअङ्क ७,९ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जय भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला
आफूभित्रको क्षमता प्रयोग गरे उचित स्थान प्राप्त गर्न सकिएला । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । मिहिनेत गर्दा राम्रै अवसर पाइनेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । यो साताका लागि शुभअङ्क ६,९ र शुभरङ्ग सेतो वा घ्यूरङ्ग हो । शुभकर्म गर्नु पूर्व नवग्रहहरूको स्मरणगरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । बीचमा काम रोकिए पनि दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुन सक्छ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । साताको अन्त्यमा दबाब र तनाव बढेको महसुस हुनेछ । यो साताका लागि शुभअङ्क १,७ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको स्मरणगरी यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।

धनु
नगरेको कामको आरोप खेप्नुपर्ने सम्भावना छ । राजनैतिक कार्यमा बाधा आउनेछ । खानपानमा ध्यान पुर्याउनुहोला । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ । साताको अन्त्यमा रमणीय र सुखद यात्राको योग छ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ४,९ र शुभरङ्ग गाढा पहेंलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शनगरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ ।

मकर
यो सातामा समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ । लगनशीलताले नाम र दाम दिलाउन सक्नेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । चिताएको कामले तीव्रता लिनेछ । यो साताका लागि शुभअङ्क २,८ र शुभरङ्ग सेतो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सिद्धि विनायकको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।

कुम्भ
यो सातामा शुभकार्यको चर्चा चल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । यो साताका लागि शुभअङ्क १,६ र शुभरङ्ग सुन्तला वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खट्नु पर्नेछ । साताको अन्त्यमा मिलनसार साथीले नै धोका दिन सक्नेछन् । यो साताका लागि शुभअङ्क ९ र शुभरङ्ग रातो वा पहेंलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि कार्य विनायकको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ ।