बन्न खोज्छौ रानी

बन्न खोज्छौ रानी


– सरस्वती चौलागाई

कार्तिक–मंसिर मास फुल्छ लालुपाते रातै
धन्सार–भन्सार मास झुल्छ धान–तोरी फाँटै
‘हरियो वन नेपालको धन’ उखान साह्रै मिठो
बिर्सिंदै मन गहुँ–मकै धन मखान देशी पिठो

पानी-पानी गंगा कृपा खानी अति धेर छ
छानी-छानी पानी कृपा खोरी खोजी बेर छ
पर-पर तिर जानी त छोडी आफ्नो रीत
खोज्नुपर्ने हुन थाल्यो त आफ्नो ठेट गीत

कन्दमुल वन बुट्यानको मिठो पोसिलो नि
रातो फुल्छ लाली अनि सेतो पारिजात नि
भन्छ यही जीव छ सौम्य न त कसी लाउनी
गंगाजल जीव सगर वन वन कैले आउनी

आज आज भोली भोली भन्दै बिते दिन दिन
आफैंभित्र एक अर्को गर्छौ लुकी घात किन
सारा शिखर चुम्ने के छैन यहाँ मिठो मसिनी
वृष बनस्पति जलधार छन् रानी रसिली

घुम्ती राम्रो पहाड शिर फूल राम्रो गुराँस
रानी चरी तत्व विसमा कन्दराको छ बास
तत्व विसधारा परविष र’ने हाम्रो बानी
चम्चा गर्दै संसारमै बन्न खोज्छौ रानी ।

मेलम्ची–२, सिन्धुपाल्चोक