बेल्जियममा एकता समाजको प्रथम अधिवेशन

बेल्जियममा एकता समाजको प्रथम अधिवेशन


– डिल्लीराम अम्माई, बेल्जियम

प्रवाशी नेपाली एकता समाज बेल्जियमको प्रथम अधिवेशन सम्पन्न भएको छ । समाजका कार्यवाहक अध्यक्ष दीपेन्द्र केसीको सभापतित्व, बेनेलक्सका राजदुत लोकबहादुर थापाको प्रमुख आतिथ्यता, राप्रपाका केन्द्रिय सदस्य लालध्वज लामा (तामाङ)को विशिष्ठ आतिथ्यतामा सम्पन्न अधिवेशनमा राप्रपाका केन्द्रिय सदस्य सुरेन्द्रमान अमात्य समेत विशेष अतिथि रहेका थिए । सचिन कसीले सञ्चालन गरेको खुल्ला सत्रको शुरुमा सहिदलाई एक मिनेट मौनधारण गरेपछि राष्ट्रिय धुनसँगै प्रमुख अतिथि र विशिष्ट अतिथिमार्फत पानसमा बत्ति बालेर अधिवेशनको शुभारम्भ गरिएको थियो ।

अधिवेशनको बन्दसत्रले साहित्यकार तथा अनेशासका पुर्वअध्यक्ष दिपेन्द्र केसीको नेतृत्वमा पन्ध्र सदस्यीय समिति निर्माण गर्दै अधिवेशन सकिएको हो । उक्त समितिमा उपाध्यक्षत्रय महेन्द्र पन्त, मदन सिंह तिमल्सेना र मदन गुरुङ छन् भने उपाध्यक्षमा सन्तोष सिंह, सचिवद्वय सन्जिव लामा र अनिल थापा, कोषाध्यक्ष विवेक उपाध्यायका साथै सदस्यहरू सचिन केसी, महेश बस्नेत, सुरेन्द्र खड्का, धन गुरुङ, दिपक मल्ल, ज्ञानेन्द्र ठकुरी र डम्बर लिम्बु रहेका छन् ।

बन्द सत्रले समितिलाई आवश्यक सल्लाह दिनको लागि एक सल्लाहकार समितिको समेत चयन गरेको छ । जसमा राप्रपाका केन्द्रिय सदस्य सुरेन्द्रमान अमात्य, रामचन्द्र पाठक, दिनेश मल्ल, रिम रेग्मी र चण्डिका उपाध्याय रहने जनाइएको छ ।

अधिवेशन ब्यवस्थापन समितिका संयोजक महेन्द्र पन्तले स्वागत मन्तब्य दिएको अधिवेशन उदघाटन समारोहमा बेनेलक्सका नेपाली राजदुत लोकबहादुर थापा, एनआरएनए केन्द्रिय सचिव जानकी गुरुङ, एनआरएनए युरोप संयोजक शिव बरुवाल, जनजाति महासंघ बेल्जियमका अध्यक्ष बाबुराज लामा, संघीय समाजवादीका अध्यक्ष नेत्र मगर, गैरआवासीय नेपाली संघका उपाध्यक्ष गोविन्द सिंह अधिकारी, प्रवाशी नेपाली एकता समाज निदरल्याण्डका अध्यक्ष विक्रम बानियाँ, एनआरएनए पुर्वअध्यक्ष गंगाधर गौतम, जना सम्पर्क समिति अध्यक्ष सीता सापकोटा, राप्रपा केन्द्रिय सदस्य सुरेन्द्र अमात्य, जनप्रगतिशील मञ्च बेल्जियमका जित लामा र प्रवाशी नेपाली मंच अध्यक्ष बोधराज पौडेलले अधिवेशन सफलताको शुभकामना मन्तब्य राखेका थिए ।

अधिवेशनमा नेपाली ब्यवसायी संघका अध्यक्ष सिपी भट्ट, महासचिव यामु निरौला, बाग्लुङ समाजका अध्यक्ष गंगा शर्मा, मोना बेल्जियमका अध्यक्ष योगेन्द्र बिक, अनेसासका वरिष्ठ उपाध्यक्ष प्रमानन्द सापकोटा, पत्रकार महासंघ, चितवन क्याट लगायत अधिकतम संघ संस्थाको समेत उपस्थिति रहेको थियो ।