बेल्जियमबाट रुप्से खोला हाइड्रो र ग्रीनहाउसमा करोडौँ लगानी भित्रिँदै

बेल्जियमबाट रुप्से खोला हाइड्रो र ग्रीनहाउसमा करोडौँ लगानी भित्रिँदै


– डिल्लीराम अम्माई, बेल्जियम

बेल्जियमको ब्यवसायी संघका अध्यक्ष सीपी भट्ट, महासचिव यामु निरौला लगायत सिंगो टिम नेपालमा लगानी भित्र्याउने ‘इन्भेष्ट इन होमल्याण्ड’को विशेष तयारीमा जुटेको छ । उनीहरुले एक सामुहिक लगानी कोषलाई ‘बेल्जियम हैन मातृभूमि’मार्फत अगाडी बढाउने संकल्प प्रस्ताव अघिल्लो बैठकले सर्वसम्मतिबाट पास गरेको भन्दै बेल्जियममै लगानी गर्ने पुरानो निर्णयलाई इन्कार गरिदिएका छन् ।

‘तर चाँडै नै’ नेपाली ब्यवसायी संघ बेल्जियमका अध्यक्ष सीपी भट्टले दोहोर्याए- ‘दुई धमाकेदार प्रोजेक्टमा लगानीको निर्णय गरिसकेका छौं । अब नयाँ भिजनले पुरानो प्रस्ताव रिजेक्ट गरेको र महत्वपुर्ण बैठकको निर्णयार्थ प्रस्तुत नयाँ प्रस्तावबीच तीव्र गतिमा निर्णय भई मुर्त योजनासहित नेपाल लगानी भित्रिई सकेको छ भन्दा हुन्छ।’

नेपालमा भित्रिएको लगानीमध्ये पहिलो लगानी म्याग्दी जिल्लाको रुप्से खोलामा निर्माण हुन लागेको गुल्मी हाइड्रोपावरसँग सहकार्य गर्दै एउटा प्रोजेक्ट अघि बढाइएको छ भने अर्को प्रोजेक्ट नेपालमा युरोपको अत्याधुनिक बायो-ग्रिन हाउस परियोजनाको खाका तयारि भई योजनाले मूर्तता हासिल गरिसकेको छ। जसअन्तर्गत नेपालको लतितपुरको लेले र गोदावरीमा गैरआवासीय नेपाली संघ बेल्जियम र नेपाली ब्यवसायी संघ बेल्जियमको तत्वाधानमा कार्वान्वयन गरिने छ।

बताइएअनुसार दुवै संघका वरिष्ठ प्रतिनिधिहरुको संयुक्त टोलिले बेल्जियम, निदरल्याण्ड, युक्रेन र स्पेनका ग्रीनहाउसको उन्नत प्रवृधिबारे विस्तृत अध्ययन गरी योजनालाई समायोजित रुपमा नेपाल भित्र्याउने पूर्वाधारको लागि फिल्ड रिपोर्ट तयार भएको छ। त्यसमा सम्बन्धित कम्पनीका प्राविधिज्ञहरुले गाइड गर्ने छन् । उक्त प्रोजेक्टको लागि बेनेलक्सको नेपाली राजदुत लोकबहादुर थापा, दुतावास परिवार र नेपालका बाणिज्य दूत रोजर दि ग्रुनको समेत महत्वपुर्ण योगदान रहेको छ।

ब्यवसायी संघ बेल्जियमका अध्यक्ष भट्टका अनुसारूअब ब्यवसायी संघ बेल्जियमले पारदर्शिताको डिजिटल र वैज्ञानिक तरिकाले एक वेब पेज http://www.nebab.be/web समेत निर्माण गरेको छ । त्यो वेब पेजमार्फत बेल्जियममा रहेका सबै संघसंस्थाको वार्षिक समय तालिकासहित सेवाका साथै तालिम, संघका आवश्यक सुचना, सुझाव, सेमिनार र विविध विषयमा परामर्शबारे समेत ब्यवशायीहरुले लाभ लिन सक्ने छन् । जस्तै, पसल, कम्पनी वा होरिका (होटल, रेस्टुरेन्ट र क्याफे) र ब्यवसाय किनबेच गर्नु परेमा त्यसको विज्ञापन पेजमा सबै विवरण उपलब्ध गराइने छ ।

घर किनबेच, रोजगार आवस्यक भएमा, कुनैपनि बेल्जियमको स्थानमा सिपमुलक मानवशक्तिको आवश्यक परेमा, घर भाडामा दिनु परेमा वा ब्यवसायिक विज्ञापनका अन्य सुविधाबारे त्यो पेजले आवश्यक विवरण उपलब्ध गराउने, कानुनी सेवादेखि प्राविधिक सेवासम्म सबै पेजमा अटाउने बताइएको छ ।

तात्कालिक लाभको लागि उन्नत प्रवृधि सहितको कृषि क्षेत्रमा लगानी र दीर्घकालिक लाभको योजनामा हाइड्रो प्रोजेक्टको लागि बजेट बिनियोजन गरिएको छ । प्रविधि र मापदण्डको आधार दुवै लगानी अन्तर्राष्ट्रिय स्तरको हुनेछ र यो योजना शुरु भएपछि सहकारिताको आकार र बजेटको क्षमताअनुशार अन्य योजनाहरु पनि त्यहि कम्पनी योजनामा जोडिने छन् ।

योजनाले मूर्तता हासिल नगरुन्ज्यालसम्म यी योजनाहरुको कहिँ कतै चर्चा गरिएको थिएन । भट्टका अनुसार योजनाले मुर्तरुप नलिएसम्म यो केवल अपत्यारिलो र परिवर्तित भैरहने सम्भावना रहने भएकोले रहश्य र उधारो आशा जस्तो देखिन जान्थ्यो । अब योजना निर्धारित लक्ष्यमा अघि बढेको छ र लगानीको गफ रहस्य हुने खतराबाट समिति उम्केको छ ।

ब्यवसायी संघका सबै र अन्य इच्छुक नेपालीहरु सामुहिक लगानीको प्रोजेक्टमा आउनुपर्ने धारणा राख्दै उनले थपे, ‘ब्यवसायी संघका यी प्राथमिक तर टाइगर प्रोजेक्ट हुनेछन् जसमा सफल ब्यवसायीहरुको निर्देशन र नेतृत्व रहने हुँदा आशंका गर्नुपर्ने कुनै कारण नभएकोले निर्धक्क लगानी बढ्ने छ । यो नमुना सहकारी अवधारणा बन्नुपर्छ र यो अझै बृहद बनाइनु पर्छ भन्ने सुझावलाई ब्यवहारमा रुपान्तरण गरेर देखाइने छ ।

उपाध्यक्ष गङ्गा शर्माले यी प्रोजेक्टमा थप प्राविधिक कुराहरुबारे अझै छलफल हुँदै जाने उल्लेख गर्दै लगानीको दायरा फराकिलो बनाइने, यसलाई अझ ब्यापक र उत्प्रेरक बनाउनको लागि ब्यवसायी संघ दृढ रहेको, काम छिटो र आकर्षक रुपमा सम्पन्न हुने अनि यता मात्र नभएर नेपालका ब्यवसायी योजनाविदहरुसंग पनि प्रोजेक्टको बारेमा ब्यापक बहस चलाएर निर्णयमा पुगिएको जनाए ।

ब्यवसायी संघ स्थापनाको समयावधिलाई हेर्दा मुलुकमा लगानी गर्न अलिक ढिलो भएको होकि जस्तो देखिएको हो, तथापि, यो अभियानले बेल्जियम मात्र नभएर डायस्पोराका समस्त लगानी इच्छुकहरुमा नेपाल लगानीको भविष्य प्रति आशा जगाउने काम गरेको उनको भनाई छ ।

स्मरण रहोस, सन् २००६ मा स्थापित नेपाली ब्यवसायी संघ बेल्जियम २०१५ डिसेम्बरदेखि सीपी भट्टको नेतृत्वमा अगाडि आएको हो, जसले नेपालमा लगानी भित्र्याउन महत्वपुर्ण भूमिका खेलेको छ। यो समितिले गरेका निर्णयहरु मध्ये बेल्जियमका ५ शहरहरुमा बिज्ञद्वारा बिमासम्बन्धी तालिम, सेतो कासासम्बन्धी तालिम, ‘टेकवे डट कम’को डाइरेक्टरसंग नेपाली ब्याबसायको कमिसन विनिमय दर रेट घटाउनसमेत एक छलफलको कार्यक्रमको लागि मिति निर्धारित गरिएको छ।

त्यस्तै यो संस्थाको आगामी छैठौँ अधिवेशन २०१८ को डिसेम्बर ९ मा Hotel Harent ,Onze Lieve Vrouwplein 58-60 – Herent मा हुने एक सुचनामार्फत संघले जानकारी गराइसकेको छ। अनलाइन http://www.nebab.be/web मार्फत सदस्यता फाराम भरिदिन समेत संघले बेल्जियममा भएका सबै ब्यवसायीहरुलाई अनुरोध गरेको छ। सदस्यता शुल्कस्वरुप विगतमा लिँदै आएको ५० युरोबाट घटाएर २० युरो मात्र राखिएको ब्यवसायी संघका महासचिव यामु निरौलाले एक सुचनामार्फत जानकारी दिएका छन् ।