आफ्नै गाउँमा किन कुटिए राष्ट्रियसभा सदस्य रामप्रित ?

आफ्नै गाउँमा किन कुटिए राष्ट्रियसभा सदस्य रामप्रित ?


राष्ट्रियसभा सदस्य रामप्रीत पासमान शुक्रबार आफ्नै गाउँमा कुटपिटको शिकार बनेका छन् । सर्लाही जिल्लाको कविलासी नगरपालिका–६ मदनपुरमा एक छलफल कार्यक्रम चलिरहेको बेला उनमाथि आक्रमण भएको बताइएको छ ।

छलफल कार्यक्रममा उपस्थित एक समूहले सङ्घीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित पासमानलाई कुटपिट गरेको हो ।

छलफल गरिरहेको अवस्थामा वीरेन्द्र राय, रामप्रसाद राय, फेकन राय, दयाराम राय, मनोज राय, दिनेश राय र सुरेश रायलगायत सात जनाले एक्कासी आफ्नो ज्यान मार्ने ढंगबाट आक्रमण गरेको आरोप उनले लगाएका छन् । उनको शरीरमा चोट लागेको बताइए पनि यसरी आक्रमण गर्नुको कारणबारे केही जानकारी गराइएको छैन ।

राष्ट्रियसभा सदस्य पासमानमाथि संघातिक रुपमा आक्रमण गरिएको भन्दै नेपाल दलित सेवा समाजले आन्दोलनको चेतावनी दिएको छ । सङ्घका जिल्ला अध्यक्ष हेमन पासवानद्धारा हस्ताक्षरित विज्ञप्तिमा घटनाका दोषीलाई तत्काल कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी दिइएको छ । यस्तै सङ्घीय समाजवादी फोरम नेपाल जिल्ला कार्यसमितिले समेत विज्ञप्ति जारी गर्दै घटनाको दोषीमाथि कारवाहीको माग गरेको छ ।