‘हामी नेपाली हाम्रो नेपाल’ भन्दै बम-आतङ्क सिर्जना

‘हामी नेपाली हाम्रो नेपाल’ भन्दै बम-आतङ्क सिर्जना


नेपालगञ्जको व्यस्त बजार पुष्पलाल चोकमा बम राखेको अभियोगमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दयालु भन्ने प्रदीप वलीलाई शुक्रबार नै पुष्पलालचोक नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बताइएअनुसार पक्राउ परेका दयालुले आफूलाई ‘हामी नेपाली हाम्रो नेपाल’ नामको सङ्गठनका अध्यक्ष भएको दाबी गरेका छन् । उनको कुनै अन्य दल या समूहसँग संलग्नता नरहेको तर आफूलाई चर्चामा ल्याउन यस्तो हर्कत गरेको बुझिएको छ ।

बम राखिएको पुष्पलालचोक नजिकै प्रहरीले शुक्रबार ‘हामी नेपाली हाम्रो नेपाल’ सङ्गठनको पर्चा फेला पारेको थियो । नेपालगञ्जको व्यस्त बजार पुष्पलालचोकमा भेटिएको बम करीब सात घण्टापछि नेपाली सेनाको भैरवप्रसाद गण राँझाबाट आएको टोलीले निष्क्रिय पारेको हो ।