आइएमईको ‘दशैंमा वीस लाख’ योजनाको पहिलो विजेता घोषणा

आइएमईको ‘दशैंमा वीस लाख’ योजनाको पहिलो विजेता घोषणा


नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले ०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमुखी प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा वीस लाख’ योजनाअन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ ।

क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्रबहादुर मल्ल सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की ड्र’बाट पहिलो महिनाको विजेता घोषित हुनुभएको हो । सेवाग्राही मल्लले नगद एक लाख प्राप्त गरेका छन् ।

आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित विजेता घोषणा कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख संचालन अधिकृतद्वय खिलेन्द्र पौडेल र रुद्रराज पौडेललेको उपस्थिति रहेको थियो । उपहार स्वरुपको रकम एक लाख आइएमईका प्रमुख कार्यकारी अधिकृत पोखरेलमार्फत् चेकद्वारा नेत्रबहादुर मल्लको सिफारिस बमोजिम रीता सुनुवारलाई हस्तान्तरण गरेका छौँ।

०७५ साल असोज ७ गतेदेखि शुरु भई ०७५ साल मङ्सिर मसान्तसम्म लागु हुने सेवाग्राहीमुखी यस योजनाअन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँचजना र दैनिक ‘लक्की ड्र’बाट तीन सयजना सेवाग्राहीहरू विजेता घोषित भइसकेका छन् ।

योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सकिने बताइएको छ भने आफ्नो स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदारमूखी योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहनुभएका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी प्रवद्र्धनात्मक योजना जारी राखेको जनाएको छ ।