दीपिका-रणवीर विहेको तस्बिर सार्वजनिक

दीपिका-रणवीर विहेको तस्बिर सार्वजनिक


बलिउडको टप मोस्ट सक्सेस जोडी कहलिएका दीपिका पादुकोण र रणवीर सिंहको विवाह कोंकणी एवम् सिन्धी रीति–रिवाजअनुसार सम्पन्न भएको छ । लोकप्रिय यस जोडीको विवाह सम्पन्न भइसक्दा पनि विहेको तस्बिर भने सार्वजनिक गरिएको थिएन । प्रशंसकहरू विवाहको अवसरमा लिइएको तस्बिर हेर्न लालायित थिए । यहाँसम्म कि भारतको केन्द्र सरकारमा मन्त्री रहेकी स्मृति इरानीले त दीपिका–रणवीरको विवाहको तस्बिरको प्रतीक्षामा आफू निकै ब्यग्र बनेको अर्थ झल्काउन कुर्सीमा बसिरहेको मानव–कंकालको स्केच नै ट्वीट गरिन् ।

यसप्रकार लाखौँ प्रशंसकहरूको दुई दिनको ब्यग्र प्रतीक्षापछि अन्ततः दीप–वीरको तस्बिर सार्वजनिक भइछाड्यो । रणवीर र दीपिकाले इटलीको लोम्बास्थित लेक कोमोमा निर्मित डेल बालबियानेलोमा दुई दिनअघि मात्र विवाह गरेका थिए । सोही अवसरको फोटो, अर्थात् विवाहकै पहिरनमा उनीहरूलाई हेर्न प्रशंसकले पल–पलको प्रतीक्षा गर्नुपरेको हो ।

अन्ततः विहिबार साँझ मात्र रणवीर र दीपिकाले आफ्नो अफिसियल इन्स्टग्राममार्फत् दुईवटा तस्बिर शेयर गरे । किन हो, यो जोडीले आफ्नो विवाहलाई अत्यन्त ‘प्राइभेट’ तुल्याए । वैवाहिक समारोहमा जम्मा चालिस जना मात्र पाहुना सामेल गरिएका थिए ।