सुटिङका लागि बेलायत पुगेका बुद्धि किन जाँदैछन् सिड्नी ?

सुटिङका लागि बेलायत पुगेका बुद्धि किन जाँदैछन् सिड्नी ?


राजन घिमिरे, अष्ट्रेलिया

यतिबेलाका चर्चित हास्य कलाकार हुन बुद्धि तामाङ ‘हैट’ । रंगमञ्चबाट कलाकारिता शुरू गरेका बुद्धि जब टेलिभिजन मिडियामा आए, उनको चर्चा चुलिन थाल्यो । टेलिभिजन हुँदै ठुलो पर्दाको चलचित्रमा प्रवेश गरेपछि त उनी चलचित्र निर्माता र दर्शकहरूको पहिलो रोजाईमा नै पर्न पुगे । कृत्रिम होइन, सजिव अभिनयकै कारण के देश के प्रवास ? हरेक नेपालीहरूको मन जितिरहेका छन यतिबेला बुद्धिले ।

नाम र दाम त कमाएकै छन् उनले, त्यसमाथि उनको ब्यस्तता पनि बढ्न थालेको छ । हास्य कलाकारिता क्षेत्रमा हैटको नामले चिनिने यिनै बुद्धि अब सिड्नीमा रहनुभएका नेपालीमाझ प्रस्तुत हुने भएका छन् । चियर नेपालले आगामी आइतबार सिड्नीको क्याम्सीमा रहेको एडिज किचेनमा बुद्धिसँग भेटघाट तथा भलाकुसारी गर्ने ब्यवस्था मिलाएको छ । ‘हाम्रो कार्यक्रम ५ बजेबाट शुरू हुन्छ । बुद्धिजीको संघर्ष र सफलताको बारेमा हामी कुराकानी गर्ने छौँ। अहिलेका हट केक कलाकारसँग भेट गर्ने अवसर नगुमाउन हामी आग्रह गर्दछौँ’, आयोजक विकाश उप्रेतीले जानकारी गराए ।

भिसा पार्टनरको रूममा रहेको एस पिपुल एजुकेशन एण्ड भिसा सर्भिसेसका रोशन भट्टराईले हैटसँगको साँझ साँच्चै अविष्मरणीय हुने बताए । यतिबेला चलचित्रको छायांकनका लागि बेलायतमा रहेका बुद्धि शुक्रबार राती सिड्नी झर्ने छन् ।