तपाईंको यो साता (राशिफल, कात्तिक २८–०४ मङ्सिर, २०७५)

तपाईंको यो साता (राशिफल, कात्तिक २८–०४ मङ्सिर, २०७५)


– ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
मनमा कुनै नयाँ काम गर्ने विचार आउन सक्छ । कसैकसैको बसाइँसराइ हुन सक्छ । नवीन रोजगारीको सम्भावना पनि छ । आर्थिक पक्ष सुदृढ रहनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ रातो वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवान्को दर्शन गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष
वृष राशिका लागि यो साता फलदायी रहनेछ । रमाइलो यात्राको योग रहेको छ । आर्थिक लाभका योग देखिन्छन् । नयाँ काम मिल्ने योग देखिन्छ । सोचेका कार्य पूरा हुनुका साथै मित्र लाभ हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मिथुन
सामाजिक काममा मरिहत्ते गरी खट्दासमेत चाहेको परिणाम नआउनाले दिक्क लाग्नेछ, तर अन्त्यमा प्रतिष्ठा प्राप्त हुने देखिन्छ । विचार पु¥याएर निर्णय लिनु राम्रो होला । शनिबारबाट बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ आकासे वा हरियो हो । कुनै शुभकर्म गर्नुअघि हनुमान्जीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कर्कट
अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनुपर्नेछ । ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ घ्यू रङ हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको पूजा अर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

सिंह
तपाईंको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था छ । प्रेम प्रस्तावसमेत प्राप्त हुन सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफन्तको प्रगतिमा मन रमाउनेछ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ रातो वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कन्या
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । रोकिएका काम पुनः शुरु हुन सक्छन् । सन्तानबाट सहयोग मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ । आँटेको र ताकेको कार्य पूरा होला । व्यावसायिक यात्राको सम्भावना पनि छ । यो साताका लागि शुभअङ्क ६, ९ र शुभरङ गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

तुला
मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सोचेभन्दा आम्दानी बढ्नेछ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ नीलो वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवान्को दर्शनगरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

वृश्चिक
शुभकार्यको चर्चा चल्नेछ । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । करिअरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । बन्दव्यापार र पेसा–व्यवसायका क्षेत्रमा उन्नति–प्रगतिको वातावरण बन्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ सुन्तला वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि नवग्रहको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

धनु
कार्य क्षेत्रमा अरूले गरेका–भनेका कुरा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु राम्रो हुनेछ । सानातिना समस्यामा अल्झिनुपर्नेछ । साताको अन्त्यबाट कर्मचारी वर्गका निम्ति अन्य नयाँ अवसर जुट्ने सम्भावना छ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व नवग्रहको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

मकर
मित्रजनको साथ–सहयोग प्राप्त हुनुका साथै स्वास्थ्यको क्षेत्र पनि सबल रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै सामाजिक मान–प्रतिष्ठा मिल्ने देखिन्छ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ हरियो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिव भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कुम्भ
राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साताको अन्त्यमा ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी व्यहोर्नुपर्नेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ नीलो वा सुन्तलारङ हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विद्या र बुद्धिको विकास हुनेछ । आर्थिक लाभका साथै मित्रजनबाट पनि साथ–सहयोग मिल्ने देखिन्छ । पारिवारिक सुख प्राप्तिका साथै धनलाभका अवसर पनि देखिन्छन् । अध्ययनमा रुचि जाग्नुका साथै कार्यमा उल्लेख्य प्रगति हुने देखिन्छ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ गुलाबी वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व महासरस्वतीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।