प्रहरीलाई छलेर हङ्गेरीमा शरण माग्दै मेसेडोनियाका पूर्वप्रधानमन्त्री

प्रहरीलाई छलेर हङ्गेरीमा शरण माग्दै मेसेडोनियाका पूर्वप्रधानमन्त्री


मेसेडोनियाका पूर्वप्रधानमन्त्री निकोला ग्रुएस्कीले आफु हङ्गेरीमा रहेको र राजनीतिक शरणका लागि हङ्गेरी सरकारसँग अनुरोध गरिरहेको जानकारी दिएका छन् । उनी प्रहरीको खोजी सूचीमा रहेका छन् ।

देशको प्रधानमन्त्री रहँदा शक्तिको दुरूपयोग गरेको आरोपमा उनलाई दुई वर्षको जेल सजाय तोकिएको छ । तर, अदालतको निर्णय अनुसार जेल सजाय व्यतित गर्नको सट्टा विदेश भागेको भन्दै प्रहरीले उनलाई खोजीको सूचीमा राखेको हो ।

४८ वर्षीय पूर्व प्रधानमन्त्री ग्रुएस्कीले आफुलाई सुरक्षाकर्मीसमक्ष उपलब्ध नगराएपछि मेसेडोनियाका अधिकारीले हिजो सोमबार पक्राउका लागि खोजीको सूचीमा राखेको थियो ।

ग्रुएस्कीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘म अहिले बुढापेष्टमा छु, मैलै हङ्गेरीका अधिकारीहरूसँग राजनीतिक शरणका लागि अनुरोध गरिरहेको छु ।’