तिहारमा तीस लाखको झिनिया बिक्री

तिहारमा तीस लाखको झिनिया बिक्री


रमेश विश्वकर्मा, गुल्मी

गुल्मीको मुसिकोट नगरपालिका ७ मा रहेको वामीटक्सार बजारमा तिहारआसपासमा मात्रै झण्डै ३० लाख बराबरको झिनियाँ कारोबार भएको छ । बजारमा तिहारको समयमा झिनियाको व्यापारमा निकै वृद्धि भएको स्थानीय झिनिया व्यापारी चिरिञ्जीवी शाक्यले बताए ।

दशैँ र तिहारको समयमा मात्र खपत हुने झिनिया पछिल्ला केही वर्षयता बाह्रै महिना राम्रो खपत हुने गरेको र अहिले स्थानीय वामीटक्सार बजारमा झिनिया व्यवसायीहरु बढेर झण्डै ७०÷८० जनासम्म पुगेको शाक्यको भनाई छ । उत्पादित झिनिया छिमेकी जिल्ला तथा स्थानीय बजार र गाँउघरमा समेत खपत हुने गरेको उनको भनाई छ ।

तिहारको समयमा मात्र आफूले झण्डै डेढ लाख भन्दा बढिको झिनिया व्यापार गरेको भन्दै सोही स्थानकी अर्की झिनिया व्यवसायी बिष्णुमति श्रेष्ठले बनाउन सक्ने हो भने जति पनि खपत हुने गरेको बताइन् ।