चार बर्षमा देशलाई अल्पविकसित अवस्थाबाट स्तरोन्नती गर्नेछौं : प्रम ओली

चार बर्षमा देशलाई अल्पविकसित अवस्थाबाट स्तरोन्नती गर्नेछौं : प्रम ओली


प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चार बर्षमा देशलाई अल्पविकसित अवस्थाबाट स्तरोन्नती गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । जनताको पछौटेपन, अविकास र गरिविको कुचक्रलाई तोडेर अघि बढ्ने बताउँदै उनले यस्तो बताएका हुन् ।

तिहारका अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, संकल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताएका छन् । शुभकामना सन्देशमा प्रम ओलीले विगतमा गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई अब असाधरण तिव्रता दिइने सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हाँसिल गर्न हामी दृढ संकल्पित भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले समृद्धिको प्रतिक लक्ष्मीपुजा र तिहारको अवसरमा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न आ–आफ्नो क्षमता अनुसार योगदान पु¥याउन हरेक नेपालीलाई प्रेरणा मिलोस भन्ने प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गरेका छन् ।