आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुप‍र्‍यो : देउवा

आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुप‍र्‍यो : देउवा


नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएका छन् । दीपावली, नेपाल संवत् ११३९ तथा छठ पर्वको अवसरमा नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

काङ्ग्रेस एक अर्कालाई हराउने खेलमा लाग्दा व्यक्तिलाई मात्रै नभई सिङ्गो पार्टीले हार व्यहोर्नुपरेको उल्लेख गरे । उनले भने, ‘काङ्ग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पाटीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुपर्‍यो, आन्तरिक झगडा नभएको भए चुनाव जितिन्थ्यो ।’

सभापति देउवाले चुनावमा भएको हारबाट नेपाली काङ्ग्रेसले धेरै ठूलो पाठ सिक्नुपर्ने चर्चा गर्दै हारबाट हतोत्साही र निरशा नभई अबको चुनाव जितमा परिणत गर्नुपर्नेमा जोड दिए।