नेपालमा भित्रिने रेमिट्यान्सको आकार आकाशियो

नेपालमा भित्रिने रेमिट्यान्सको आकार आकाशियो


–छविलाल बगाले
नेपाली अर्थतन्त्रको अधिकांश हिस्सा रेमिट्यान्सले धानेको छ । बैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकभित्र भित्रिने रेमिट्यान्सको आकार पनि बढ्दो छ । बैदेशिक रोजगारीमा गउका नेपालीले पठाएको रकमले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाएको छ । पाँच वर्षअघि ५ खर्वको हाराहारीमा रहेको रेमिट्यान्स आयात अघिल्लो आर्थिक बर्षसम्म आइपुग्दा २ खर्व थपिएको छ ।

रोजगारीका लागि बिदेश पुगेका नेपालीले पठाएको रकम हरेक वर्ष बढ्दो छ । आर्थिक बर्ष ०७०-७१ मा नेपालमा ५ खर्ब ४३ अर्ब रेमिट्यान्स भित्रियो भने आर्थिक बर्ष ०७४-७५ मा आइपुग्दा २ अर्व बढेर ७ खर्ब ७६ अर्ब पुगेको छ ।

चालू आर्थिक बर्षको पहिलो २ महिनामा मात्रै नेपालमा १ खर्ब ५४ अर्ब रेमिट्यान्स भित्रिएको तथ्यांक नेपाल राष्ट्र बैंकसँग छ । राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक बर्षको सोही अवधीमा ७ प्रतिशतले बढेको विप्रेषण आप्रवाह यस बर्ष भने ३३ दशमलव ४ प्रतिशतले बृद्धि भएको छ ।

नेपालमा कुन आर्थिक बर्षमा कति रेमिट्यान्स भित्रियो ?

आर्थिक वर्ष ०७०-७१ मा ५ खर्ब ४३ अर्ब
आर्थिक वर्ष ०७१-७२ मा ६ खर्ब १७ अर्ब
आर्थिक वर्ष ०७२-७३ मा ६ खर्ब ६५ अर्ब
आर्थिक वर्ष २०७३-०७४ मा ६ खर्ब ९५ अर्ब
आर्थिक वर्ष २०७४-०७५ मा ७ खर्ब ७६ अर्ब
आर्थिक वर्ष २०७५-०७६ को पहिलो २ महिनामा १ खर्ब ५४ अर्ब

भारत, अमेरिका, जापान, अष्ट्रेलिया र केही खाडी मुलुकबाट नेपालमा रेमिट्यान्स बढी आउने गरेका छन् । एकातिर सरकार बैदेशिक रोजगारीमा जाने क्रम रोक्न चाहन्छ भने मुलुकको अर्थतन्त्र नै रेमिट्यान्स कै कारण चलायमान छ ।

रेमिट्यान्सले मुलुक समृद्ध बन्न नसक्ने निश्चित छ तर, सरकार युवाहरुलाई स्वदेशमै रोकेर गाउँलाई आर्थिक समृद्धिको केन्द्र बनाउने विषयमा भने चुकेको छ । विदेशमा नेपालीले काम गरेर पठाएको रकम भने अनुत्पादक क्षेत्रमा बढि खर्च हुने गरेको छ ।

श्रमस्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७४-७५ मा अघिल्लो वर्षको तुलनामा १० दशमलव १ प्रतिशतले घटेको थियो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या चार दशमलव सात प्रतिशतले घटेको थियो । चालू आर्थिक बर्षको २ महिनामा पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४१ प्रतिशतले घटेको छ ।