खुम्बु यात्राका क्रममा अष्ट्रियन र युक्रेनी नागरिकको मृत्यु

खुम्बु यात्राका क्रममा अष्ट्रियन र युक्रेनी नागरिकको मृत्यु


सगरमाथा क्षेत्रको भ्रमणका निम्ति सोलुखुम्बु पुगेका दुई विदेशी नागरिकको मृत्यु भएको छ । भ्रमणका क्रममा अष्ट्रिया र युक्रेनी नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको इम्चाचे हिमाल आरोहण गरी आइलमपिक हुँदै फर्कने क्रममा डोरीबाट चिप्लिएर झर्दा अष्ट्रियाकी २९ वर्षीया जिल समसी भेराको मृत्यु भएको हो । उनी कात्तिक १० गते पाँच जनाको टोलीसहित खुम्बु भ्रमणमा गएकी थिइन् ।

यसैबीच, युक्रेनी पुरुष नागरिक ४८ वर्षीय एक्सम्यान्स्को खोम्यान्को सेहीको पनि आजै मृत्यु भएको छ । खुम्बु भ्रमणमा पुगेका खोम्यान्को खुम्बुकै बैङ्करस्थित लालीगुँरास होटलमा बास बसेर मञ्जु भन्ने स्थानमा झर्ने क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

बिहान करीब ११ः५५ को समयमा श्रीमतीसमेत सँगै भएको बेला अचानक उनको मृत्यु भएको बताइएको छ ।