मुख्यमन्त्री पौडेलविरुद्ध सशक्त प्रतिवाद सुरु भएको स्थापितको उद्घोष

मुख्यमन्त्री पौडेलविरुद्ध सशक्त प्रतिवाद सुरु भएको स्थापितको उद्घोष


प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्रीबाट बर्खास्त गरिएका केशव स्थापितले मुख्यमन्त्री डोरमणि पौडेलको सिआईएसँग साँठगाँठ रहेको आरोप लगाएका छन् । उनले भने,‘ललितपुरको भैसेंपाटीमा उनको सयन कक्ष छ । उहाँको त्यो कार्यालय द एशिया फाउण्डेशनको फण्डिङमा फर्निसिङ गरिएको छ । त्यही भैंसेपाटीको घरमा उहाँले रसगुल्ला र रसपान गर्नुहुन्छ भन्छन् । तर, त्यो रसगुल्ला र रसपान के हो ? मलाई थाहा छैन । त्यो अफिसको सबै स्टाफ र फर्निचरको फण्डिङ द एशिया फाउण्डेशनले गरेको छ।’

काठमाडौंमा आयोजित साक्षात्कारमा स्थापितले प्रदेश नम्बर ३ को अवधारणापत्र बनाउनको लागि पनि मुख्यमन्त्री पौडेलले ‘द एशिया फाउण्डेशन’ को आर्थिक सहयोग लिएको आरोप लगाए । उनले भने,‘यत्रो पैसा लिनुभन्दा पहिले केन्द्र सरकारको अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट स्विकृति लिनुपर्दैन् ? यो विषय मन्त्रालयमा छलफल भएको छैन् । मुख्यमन्त्रीले अहिले प्रदेश नम्बर ३ को योजना आयोगको शाखा कार्यालय त्यही भैंसेपाटीको घरलाई बनाएका छन् ।’ यो विषयलाई आफूहरुले अब संसद खुल्नेबित्तिकै जोडदारसँग राख्ने पनि उनले जानकारी दिए ।

मुख्यमन्त्रीले आफूलाई विभिन्न पार्टी डुलेर आएको कारणले कारबाही गरेको भनेको प्रसँग कोट्याए । उनले थपे,‘स्वयम् अहिलेको प्रधानमन्त्रीले मलाई मेरो खुट्टा भाँच्चिएको दिनमा डाकेर केशब तिम्रो र मेरो आन्द्रा गाँसिएको छ । तिम्रो मनको सपनाको एक प्रतिशत पनि दियौं भने यो मुलुक बन्छ भनेर म गएको हुँ । यो पूरानो ईस्यु हो । यसको कुनै सान्दर्भिकता छैन् ।’

मुख्यमन्त्री पौडेलविरुद्ध खनिएका उनले भने,‘सफलता र असफलताको कुरा उठाउने ? उहाँ हेटौंडाको १० वर्ष मेयर भएको मान्छे होईन, त्यहाँ सहिद पार्कबाहेक अरु के छ ? की त त्यहाँ ठींग्ग उभिने रुख छ । अशोकको बृक्ष । त्यो पनि साईनबोर्ड टाँस्नलाई राखेको जस्तो छ ।’

आफूले मुख्यमन्त्री पौडेललाई ईमानका साथ बोकेको पनि उनले स्पष्ट पारे । उनले भने,‘हाम्रोमा पार्टीभित्र गुट छ । मैले पनि मुख्यमन्त्रीमा दाबी गरेको हो । सभामुखमा पनि दाबी गरेको हो । अहिलेको डोरमणिको दाबी थिएन् । बरु अष्टलक्ष्मीको दाबी थियो । उहाँकहाँ गएर मलाई पूर्वाधार मन्त्री बनाउनु भनेर पौडेल हिँडेको हो । उहाँको हैसियत नै त्यही हो । त्यसपछि पार्टीभित्र चलखेल भएपछि भोटिङमा २४ र ३४ भयो । हामी सबै उपत्याकाले बोकेको र भोट हालेको कारण हेटौंडाको एउटा कुनामा बसेको मान्छे मुख्यमन्त्री भयो । तर, आज दम्भ देखाउने ? उनले मुख्यमन्त्री पौडेलले सिआईको पैसा लिएर जिल्ला–जिल्ला र क्षेत्र–क्षेत्रमा गएर कार्यक्रम सञ्चालन गरेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘सिआईएको पैसामा कार्यक्रम सञ्चालनमात्रै होईन, यहाँको सबै सूचना लिएर अनि सिआईलाइ

आफूले सम्हालेको मन्त्रालयको काम रफ्तारमा गरेको पनि उनले विश्वास दिलाए । उनले भने,‘यो आर्थिक वर्ष क्रियाशिल भएको चार महिना भयो । तर, मैले २७ अर्बको पाईपलाईनभित्र हालें । मैले पाएको १३ अर्ब हो । दुई अर्ब चाही विश्व बैंक र एडिबी बैंकले गर्छ । बाँकी ११ अर्बको हो, त्यो त मेरो काम सक्कियो । राजनीतिमा क्रियाशिलता देखेपछि त्यसलाई बिचमा रोक्नुपर्छ भन्ने हुँदो रैछ क्या ।’

मुख्यमन्त्रीले आफूलाई राखेर तपाईको पर्फर्मेन्स जिरो छ भनेको सुनाउँदै उनले भने,‘उहाँले तपाईको पर्फर्मेन्स जिरो छ भन्नुभयो, तर मैले उहाँलाई मेरो त कामै सक्कियो भनिदिएँ । म कृषिमन्त्री भएको भए च्याङ्ग्रा किनेर ल्याउँथे र बाडिदिन्थे । यो पुल, सडकहरुको काम भनेको त टाईम टु टाईम हुन्छ । त्यसको चाहीँ खरिद ऐन आकर्षित हुन्छ।’

मुख्यमन्त्रीले गरिबको लागि २० करोडको आवास बनाउने भनेर भनेपनि पूर्वाधारको यत्रो रकम मुख्यमन्त्रीले कब्जा गर्न लागेको हो भन्दै उनले प्रश्न गरे । उनले थपे,‘पूर्वाधारको काम हो भने त पूर्वाधारमा पठाउनुपर्यो । तर, उहाँले त्यो २० करोडमा त भर्खरै कार्यविधि ल्याउँदैहुनुहुन्छ क्या । मान्छे नियुक्त भएको छैन् । उहाँको हकमा चाहीँ भर्खर कार्यविधि ल्याउनुपर्ने र केशब स्थापितको हकमा चाही पहिल्यै ल्याउनुपर्ने । यो असमानता हुनुले कुनै अर्थ राख्दैन् ।’

आफूले मुख्यमन्त्रीलाई तपाई दलाई लामा बन्न पाउनुहुन्न भनेको पनि उनले सुनाए । स्थापितले भने,‘उहाँले मलाई तपाई काम नलाग्ने भनेपछि मैले तपाईले सक्नुहुन्छ भने हटाउनुहोस भनेकै हो । चर्काचर्की परेकै हो । उहाँले तपाई कामै नलाग्ने भनेर टेबुल ठट्टाएपछि मैले पनि टेबुल ठट्टाएकै हो । उहाँले अनियमितता गर्यो भन्नुभयो त्यो प्रमाणित हुनुपर्छ । संसदमा त मारामार हुन्छ । टेबुल ठट्टाउनु ठूलो कुरा होईन ।’

उनले अब नेकपामा २४ र ३४ को समिकरण नरहने जिकिर गरे । उनले भने,‘अब समिकरण रहनै सक्दैन । उहाँले मलाई मन्त्रीबाट हटाएकोमा कुनै गुनासो छैन । अब समिकरण भत्कियो है ।’ आफूले मुख्यमन्त्री पौडेलविरुद्ध अब प्रतिवाद सुरु गरेको पनि स्थापितले सुनाए । उनले भने,‘अहिले तिहार छ । मैले उहाँको उमेरको सम्मान गर्नुपर्छ ।’ यद्धपी उनले आफूले अहिलेसम्म जीवनमा कहिल्यैपनि दमन नसहेको सुनाए । उनले भने,‘तत्कालिन् राजा ज्ञानेन्द्रले मलाई निवासमै बोलाएर छलफल गर्नुभयो । उहाँले मलाइ राजतन्त्रको भविष्य के छ भनेर सोध्नुभयो ? मैले सूरुमा बोल्दिन भनें । तर, उहाँले बोल्न भनेपछि राजतन्त्रको भविष्य छैन भनिदिएँ ।’

‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हुँ । राजा ज्ञानेन्द्रसँग डराइन भने त्यही पारा देखाउने डोरमणिसँग किन झुक्ने ?– उनको प्रश्न थियो । फरक प्रसँगमा उनले आफू महिलालाई सत्कार गर्ने मान्छे भएको प्रतिक्रिया दिए । उनले भने,‘मैले लञ्च अफर गर्दा के गलत भयो ? म त खाना मिठो बनाउँछु । कफी मिठो बनाउँछु ।