दुई हजार शरणार्थीको डुबेर मृत्यु

दुई हजार शरणार्थीको डुबेर मृत्यु


यूरोप जाने क्रममा सन् २०१८ को जनवरीदेखि गतहप्तासम्म भूमध्यसागर क्षेत्रमा डुबेर मृत्यु हुने शरणार्थीको सङ्ख्या दुई हजार पुगेको राष्ट्रसङ्घले जनाएको छ ।

मृत्यु हुनेमा आधाभन्दा बढी शरणार्थीको इटालीको बाटो यूरोपका अन्य मुलुक जाने क्रममा मृत्यु भएको राष्ट्रसङ्घले उल्लेख गरेको छ ।

राष्ट्रसङ्घ शरणार्थी निकायका प्रवक्ता चार्ली याक्सलेका अनुसार गत हप्ता पनि स्पेनी सामुद्रिक किनारामा १७ जनाको डुबेर मृत्यु भएसँगै यस वर्ष मृत्यु हुनेको सङ्ख्या दुई हजार भन्दा बढी भएको हो ।

यस वर्ष यूरोप पुग्ने आप्रवासी तथा शरणार्थीको सङ्ख्या एक लाख पाँच हजार व्यक्ति रहेका पनि उनले बताए । यस वर्ष यात्राका क्रममा डुबेर मृत्यु हुनेको सङ्ख्या निकै बढेको यूएनएचसीआरले जनाएको छ ।